आजको राशिफल – वि.सं.२०७६ साल वैशाख १० गते मंगलबार ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुलेनै उठाउँनेछन् । विवाद मथ्थर पार्नका लागिएका उपाएहरु आफै निश्तेज हुनेछन् ध्यान दिनुहोला । पुराना समस्या पुनह बल्झने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । माया प्रेममा एक अर्काबिच बिश्वासको बाताबरण भत्कन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा आफ्नै भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्न सक्छन् । कार्यक्षेत्रमा आउँने समयस्या हरुलाई समय अभावका कारण हल गर्न सकिने छैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अन्य क्षेत्र मध्ययम रहेपनि बौद्धिक क्रियाकलाप तथा प्राज्ञिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुनेछ । अध्ययनमा अलि बढि सकय दिन सके उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोले त्यस सँग सम्बन्धित काममा हात हाल्नु उपयूक्त हुनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ । सन्तान तथा छोरा छोरीको काम देखेर मन प्रशन्न हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययन अध्यापनमा मन नजादा चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछैन । न्यायिक निर्णहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि बादबिवाद तथा मुद्दा मामिलामा सामेल नहुँनु होला । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुँने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यय रहेकोले आजको दिन नभेटिनु नै राम्रो रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ । व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । सरकारि तथा प्रशासनिक कामहरु समयमा नहुँदा मनमा निरासा जाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानका दिएको समयबाट सार्थन नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्