कसले राख्यो पशुपतिमा चारलाख प्रतिबन्धित भारु ?

काठमाडौं – पुशपतिको पूजा र भेटीबाट आउने आम्दानी निरन्तर बढिरहेको छ। गत आर्थिक वर्षमा पूजा र भेटीबाट १३ करोड रुपियाँ हाराहारी सङ्कलन भएकोमा यो आर्थिक वर्षमा अझ बढ्ने अनुमान छ। पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गेलका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा आठ करोड ८७ लाख रुपियाँ सङ्कलन भएको छ। भेटीबाट दुई करोड ५७ लाख र पूजाबाट छ करोड ३० लाख संकलन भएको ढुङ्गेलले जानकारी दिए। ‘‘ जेठ असार भारतीय पर्यटक मानसरोबर जाने समय हो। यो मौसममा पशुपतिमा बढी भेटी सङ्कलन हुन्छ,’’ उनले भने , ‘‘विशेष पूजा पनि त्यही बेला हुन्छ।

’’ पशुपतिमा विशेष पुजाको बेला बढि भेटि संकलन हुनेगर्छ। सरकारले २०६८ साल चैत २६ गते पशुपतिनाथको भेटीघाटी व्यवस्थापन नियमावली जारी भएयता भेटी तथा पूजाको रकम औपचारिक लेखापद्धतिमा आएको छ। पशुपतिको भेटिघाटीलाई पारदर्शी बनाउने भन्दै तात्तकालीन सँस्कृति मन्त्री गोपाल किरातीको नियमावलीको प्रक्रिया अघि बढेको थियो। त्यसयता देशका अन्य मन्दिरहरुमा संकलन हुने भेटीघाटीको समेत हिसाबकिताब सार्वजानिक गरिनुपर्ने आवाज उठ्न थालेको छ भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

कोषका अनुसार सङ्कलित आयबाट भट्ट,पुजारीको तलब लगायतको खर्च कटौती गरी बाँकी रकम कोषको बचतमा देवस्वका रूपमा राख्ने गरिएको छ। विसं २०६८ चैत २६ यता गत आर्थिक वर्षसम्ममा कोषमा ७६ करोड सङ्कलन भएकोमा यावत् खर्च कटौटी गरी २१ करोड रुपियाँ बचत भएको छ। कोषका उपनिर्देशक ढुङ्गानाका अनुसार भारु एकहजार र पाँचसय दरको नोटमा प्रतिवन्ध लागेपछि यसको प्रभाव नाथमा प्राप्त हुने भेटीमा पनि पर्न गयो। ठूला दरका भारतीय मुद्रा तीर्थयात्रीले चढाउन छाडे। प्रतिवन्द अघिका पनि चार लाख भारु हाराहारी अझै त्यसै थन्किएर बसेका छन्। भेटी तथा पुजाको आय व्यवस्थित भए यता आगामी आर्थिक वर्षसम्म कोषको आय एक अर्ब रुपियाँ पुग्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्