संगीतकार मदन दीपबिमको निधन !

चर्चित गायक मदन दीपबिमको निधन भएको छ । अमेरिकामा छोरी ममतासँग बस्दै आएका गायक तथा संगीतकार मदन दीपबिमको सोमबार राती निधन भएको हो । उनको हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको बताइएको छ ।

गायिका शिवा बस्नेतसँग विवाह गरेका मदन दीपबिमलाइ गएको महिना हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।उनको उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमा यस्ता थुप्रै गीतहरु छन् । उनले केही समय रेडियो नेपालमा समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्