तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा हुने गर्दछन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।
उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ । त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।