No 1 News portal From Nepal in Nepali

कहिल्यै सन्चो नभएका यी रोगहरु ठिक पार्न बिहान यस्ता चीज खानुहोस्

स्वस्थ जीवनका लागि हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जोडिएको हुन्छ । के खाँदा शरीरलाई फाइदा हुन्छ यसबारे सदैब सचेत रहनुपर्छ । अधिकांश मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वास्थ्यमा जोखिम नित्याइरहेका हुन्छन् । त्यसैले खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । आज हामीले विहान खाली पेटमा भिजाएको चना खानुका फाइदाबारे प्रस्तुत गरेका छौं ।

चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ । चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ । चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ। चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ। रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमश: कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् । चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।