No 1 News portal From Nepal in Nepali

नुहाउने वित्तिकै नगर्नुहोस् यी ५ गल्ती,नत्र जरा कमजोर भएर देखिनसक्छ यस्तो समस्या ?

दिनभर हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ । केही गल्ती यस्ता जस जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि गर्ने गर्छन् । हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ । त्यो बेला हामीले केही गल्ती गर्यौ भने हाम्रो टुक्रिने तथा कपाल झर्ने समस्या बढ्न थाल्दछ । लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ । आज हामीले नुहाएपछि गरिने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।

मालिस गर्नु: चिसो कपाललाई मालिस गर्दा कपालको जरा कमजोर हुने गर्दछ । जसका कारण कपाल झर्न थाल्दछ । त्यसैले नुहाउने वित्तिकै चिसो कपाल कहिलै पनि मालिस नगर्नुहोस् । कपाल कोर्नु: नुहाउने वित्तिकै चिसो कपाल नकोर्नुहोस् । चिसो कपालको जरा कमजोर हुने हुँदा कोर्दा झर्ने र टुक्रने समस्या बढ्न थाल्दछ । हेयर स्टाइलिङ मेसिनको प्रयोग: कपाल नुहाउने वित्तिकै ड्राइ वा स्ट्रेट मेसिनको आवश्यक भन्दा बढी प्रयोग गर्दा कपालको जरा कमजोर हुने गर्दछ । जसकारण कपाल झर्ने र हाँगा आउने समस्या देखिन थाल्दछ ।

कपाल बाँधनु: नुहाउने वित्तिकै चिसो कपाल नबाँधनुहोस् । जसका कारण इन्फेक्सन वा चायाँको समस्या बढ्छ र कपाल झर्ने समस्या देखिन थाल्दछ । तुरुन्त बाहिर निस्किनु: कपाल नुहाउने वित्तिकै चिसो कपिाल लिएर बाहिर ननिस्किनुहोस् । चिसो कपालमा धुँलो कपालमा जम्छ र त्यसले चायाँ तथा इन्फेक्सनको समस्या समस्या देखिन थाल्छ । जसका कारण कपाल झर्न सुरु हुने गर्दछ ।