No 1 News portal From Nepal in Nepali

टाउको दुख्ने सम’स्या छ ? उसोभए झुक्किएर पनि नखानुहोला यस्ता चिज

तपाई टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ रु सामान्य खालको दुखाइ हो भनेर तपाईले वेवास्ता गरिरहनु भएको छ भने त्यो गम्भीर गल्ती पनि हुनसक्छ । टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो । यसको खास लक्षण भनेकै सहन नसक्ने गरी टाउको दुख्नु हो । टाउको दुख्दा वाकवाकी हुने तथा बान्तासमेत हुन्छ ।

विज्ञहरूका अनुसार यो वंशाणुगत रोग हो । माइग्रेन पुरुषमा भन्दा महिलामा चार गुणा बढी हुने देखिएको छ ।माइग्रेन पूर्ण रूपमा निको पार्न नसकिए पनि खानपिन तथा दैनिक व्यवहारमा परिवर्तन गरेर कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । कतिपय खानपिन व्यक्तिपिच्छे फरक हुने गर्छ । तर धेरैजसो कुरा समान हुन्छन् ।

माइग्रेन भएको व्यक्तिले खान नहुने चिज: दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ । रक्सीको सेवन गर्न हुँदैन, विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् । चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ। विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ। गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ। त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।

यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् । तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।