No 1 News portal From Nepal in Nepali

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन,चैत्र १२ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विशिष्टजनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्क शक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेश यात्राको सम्भावना छ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ ।नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् ।