No 1 News portal From Nepal in Nepali

नेपालमा आज थप चार हजार ८९७ जनामा कोरोना पुष्टि,१७ सङ्क्रमितको मृ त्यु

काठमाडौँ, १५ वैशाख – नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा चार हजार ८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

तेह« हजार ८७९ को पीसीआर गर्दा चार हजार ७७४ र ९५५ जनाको एन्टीजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृ त्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । (रासस)