No 1 News portal From Nepal in Nepali

२४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु , थप ५,७६३ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६  र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा  ५७ जनामा संक्रमण देखिएको हो।