No 1 News portal From Nepal in Nepali

म आउने छु तिमि पर्खि रहनु – शिवराज जोशी

म आउने छु तिमि पर्खि रहनु
समयले तिमी र मलाई टाढा बनाएर के भो
हृदय भरी बसेको तिम्रो माया नजिक छ

परदेश बसाई भएर के भो
रुने आखाॅ र दुख्ने मुटु एउटै छ
जिन्दगीमा सामिप्य खोजेर नपुग्ने रै छ

मनले त सामिप्य मै छैनौ र
तिम्रो हृदय भरीको माया र आखाॅ भरीको आँसु सम्झिदा
मेरो पनि मन छिया छिया भएर आउछ

मैले परदेशमा श्रम बेचेर देशका सिहं पालेको छु
तिमीले घरदेशमा त्यो तमासा हेरिरहेकी छ्यौ
यी हरेक पलमा मैले पसिना बगाउदा
मेरो पसिना भन्दा वर्ता तिम्रो आँसु झरेको छ

किन चिन्ता मान्छ्यौ
देशको माटो रोएको छ नेपाली आमा रोएकी छन
देश रोएको छ दुनिया रोएको छ
हुन त मैले तिमीलाई आश्वासन दिएको थिए
अब रुनु पर्दैन भनेर
तर झन रुनु पर्ने बाध्यताले म मरेतुल्य भएको छु
तर पीर नलेउ मेरो
म एक दिन आउने छु
स्यालहरुलाई धपाउन
बाघ बनेर ।। रचना : शिवराज जोशी