No 1 News portal From Nepal in Nepali

भगवान श्री कृष्णको कथा , श्री कृष्णको जन्म देखि स्वर्गारोहण सम्मको कथा अबस्य पढ्नुहोला

भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बग्ने यमुना नदीको किनारमा मथुरा नाम गरेको शहर छ। आजको ६०० बर्षभन्दा केही अगाडी त्यहाँ उग्रसेन नाम गरेका राजा राज्य गर्दथे। उनी एक धर्मात्मा तथा प्रजापालक राजा थिए। उनको छोराको नाम कंस थियो। राजकुमार कंस भने बडो उदण्ड स्वभाब भएको अधर्मी ब्यक्ति थियो। उ आफ्नो स्वार्थको लागि अर्काको श्रीसम्पत्ति र ज्यानसामेत लिन बाँकी राख्दैनथ्यो।

राजा उग्रसेनका भाई देबकका सातवटी छोरी थिए। छवटीको विवाह वशुदेभसित भईसकेको थियो। सातौँ देबकिको पनि उमेर पुगेपछी समारोहका साथ वाशुदेवासंग विवाह सम्पन्न भयो।

विवाहपछि देवकी सबैसंग बिदावारी भई आफ्ना पति वाशुदेवासंग घर जान तयार भईन्। राजकुमार कंस बहिनी जुवाइंलाई पुर्याउन आफैँ रथ हाँकी गहिरहेको थियो। बाटोमा अकस्मात आकासबाट आवाज सुनियो ; ”मुर्ख कंस तँ जसलाई पुर्याउन जान लागेको छस् , उनको आठौँ गर्भबाट जन्मेको बच्चाबाट तेरो मृत्यु हुनेछ। ”

यस्तो भयंकर आवाज सुनेपछी कंसले बिचार गर्यो यो विषवृक्षलाई बाँकी राख्नुभन्दा अहिले नै ढलाईदिनु वेस। यति बिचार गरी कंस तरबार झिकी बहिनी देवकीलाई काट्न तयार भयो। यो देखेर वाशुदेवालाई ठुलो चिन्ता पर्यो। उनले कंसलाई सम्झाई-बुझाई यो दुष्कर्मबाट रोक्न खोजे ,तर केही लागेन। अन्त्यमा यिनबाट जन्मेको सन्तान शिशु अबस्थाम नै बुझाउनेछु भन्ने कबोल गरी देवकीलाई छुटाए।

केही समयपछि देवकीको पहिलो सन्तान जन्मियो।त्यो बच्चालाई आफ्नो बचन पुरा गर्न कंसलाई बुझाए। उसले त्यो बालकलाई निर्दयातासाथ मार्यो। यसै गरी देवकीका जति सन्तान हुँदै गए तिनलाई कांसले मार्दै गयो। वाशुदेवाकी रोहिणी रानी कंसको डरले गोकुलामा वशुदेवका मित्र नन्दजीको घरमा गएर बसेकी थिईन्। देवकीको सातौँ गर्भ रह्यो। यस गर्भलाई दैविशाक्तीद्वारा रानी रोहिणीको गर्भमा सारियो र गर्भ तुहियो भन्ने खबर कंसकहाँ पठाईयो।

आकाशबाणीबाट भयभीत भएको हुँदा कंसले वाशुदेव र देवाकीदुबैलाई जेल हालेको थियो पछि आफ्ना बुबा उग्रसेनलाई पनि जेलमा बन्द गरि आफै सर्वेसर्वा भयो। प्रलम्ब ,वाक ,चाणुक ,त्रिणावर्त ,पुतना ,केशी र धनेकु आदि उनका सहयोगी थिए।

कृष्णको जन्म

देवकीको आठौँ गर्भ पनि रह्यो। दश महिना पुरा भएपछी भाद्र महिना कृष्णपक्षको अष्टमी तिथीको अँध्यारो आधारातमा बच्चा पैदा भयो। बालक एति उज्जल थिए कि उनको शरीरबाट फैलिएर आएको तेजले जेलको अँध्यारो कोठा झाल्झालाकर भयो। तत्कालै वसुदेवले बालकलाई कंसको हातबाट बचाउँन एक ढक्कीमा लुकाई गोकुलमा आफ्नो मित्र नन्दको घरमा पुर्याउने बिचार गरेर ढोकानेर पुगे। जेलको ढोका आँफै खुल्यो र पहरेदारहरू निद्राले मस्त सुते। वशुदेव सुटुक्क बाहिर निक्लिहाले। गोकुल शहर यमुना नदीको पारीपट्टी पर्दथ्यो। पानी परिरहेकोले नदीमा बाढी आईरहेको थियो। तर जब वशुदेव नदीको किनारमा पुगे पानी आफसेआफ घटेर गयो र वशुदेव नदी तरेर गोकुलतर्फअगाडी बढे।

तेसै रात गोकुलमा ग्राम प्रमुख नन्दकी पत्नी यशोधाले पनि सन्तान जन्माएकी थिईन्। त्यसै बेला वसुदेव नन्दको घरमा पुगे। उनले आफ्नो बालकलाई त्यहिँ सुताई भर्खरै जन्मेकी बालिकालाई त्यसै ढक्कीमा राखी लिएर मथुरा फर्के वशुदेव जेलभित्र पसे। ढोका आफैँ बन्ध भयो। उनका हातगोडामा हतकडी र नेल पनि आफ़्सेआफ़ लागे। केही छिनमा बालिका रुन थालिन्। पहरेदारहरू कैदी कोठाभित्र शिशु रोएको आवाज सुनेर बिउँझिए । तिनिहरुले तुरुन्तै राजा कंसकँहा देवकीको सन्तान जन्मेको कुरा बिन्ती चढाए|

देवकीको सन्तान जन्मेको खबर सुनेपछि कंस आँफै त्यँहा आएर देवकीको हातबाट शिशुलाई खोस्यो। त्यो देखी देवकीले बढो दु:खी बनेर विनीत स्वरले भनिन् -”दाजु ! हजुरले मेरा ६ वाट छोरा मारिसक्नु भयो सातौँ सन्तान पनि त्यसै खेर गयो। यो बालिका हजुर कि भान्जी हो , यसले के गर्ली,यहि एउटा सन्तान जीवितपाए पनि म मा थामी सन्तोष लिने थिएँ। ” तर कंसले बहिनीको बिनयलाई वास्तै नगरी ‘म आफ्नो काललाई छोड्न सक्छु र !” भन्दै बालिकाका दुई खुट्टा समाती ढुंगामा बजार्न खोजेको थियो। तर बालिका उसको हातबाट फुस्केर आकासमा उदीन्। कंस चकित परि आकासतिर हेर्न थाल्यो। आकासमा उडेकी बालिकाले कंसलाई चेतावनी दिंदै भनिन्। दुष्ट तैंले मलाई के मार्न सक्लास् ,बरु तँलाई मार्ने जन्मिसकेको छ ,होस् गर्। ”यति भनेर ति बालीका आकासमै लोप भईन्।

कंस आफुलाई मर्ने बालक जन्मिसकेको छ भन्ने कुराले चिन्ताग्रस्त भयो। उसले मतियारहरुको सल्लाह अनुसार राज्यभारिका नवजात शिशुहरुलाई मार्न मानिसहरु खटाईयो। ति मतियारहरु मध्ये एउटीको नाम थियो पुतना। पुतना नवजात शिशु खोज्दै नन्दबाबाको घर पुगी। त्यहाँ कृष्णलाइ झुलनामा सुताईरखेको थियो। यशोधा घरको काममा व्यस्त थिईन। त्यहिँ मौका पारेर पुतनाले बालकलाई काँखमा लिएर बिष मिश्रीत दुध पिलाउन थाली। तर बालकले दूधमात्र होईन ,पुतनाको प्राणै पनि पीइदिए उसले बालकलाई छुटाउन खोजी ,तर सकिन। बालकले उसको प्रान्णै गरेर छाडे।

कृष्णको बाललिला

जन्मेदेखि कृष्णको क्रियाकलाप आश्चर्य लाग्दो थियो। बालक अबस्थामा उनले अनेकौं कौतुहल लाग्ने क्रिडाहरु गरे। कृष्ण सानै थिए। उनलाई बिछ्यौनामा सुताईरखेको थियो। त्यसै बेला कंसले पठाएको त्रिणावर्त नामको असुराले ठुलो हावाहुरीको रुपमा उनलाई उडाएर लग्यो। बालक कृष्णले आफ्ना दुवै हातले त्यस असुरको घाँटी अँठ्याए। असुरले ती हात छुटाउन कति कोशिश गर्यो ,तर केही लागेन। आखिर निष्प्राण बनी भुँईमा झर्यो कृष्ण उसको मृत शरीरमा खेलिरहेका पाईए। गोपिनिहरुले झट्पट किष्णलाई उठाएर ल्याए। यशोदा निर्विध्न मनले कृष्णलाई काखमा लिएर स्तनपान गराउन लागिन्। बालक कृष्णले हाई गरे। यशोधाले उनको मुखभित्र पुरै पृथ्वी र तारामण्डल पनि देखिन्। उनले झस्केर आँखा चिम्लिन्। पछि आँखा खोल्दा आफ्नो बालकलाई जस्ताको तस्तै पाईन।

कृष्ण अलि ठुला भएपछि दाजु बलराम र अरु ग्वाला बालाकहरुसंग खेल्न घरबाहिर पनि निस्कन्थे। यसरी खेल्दा उनले माटो खाएको देखि साथीहरुले र दाजु बलरामले समेत यशोधालाई भनिदिए। यो कुरा सुनेर यशोधाले झर्की हातमा मसिनो लठ्ठीलिएर माटो खाएको संबन्धमा कराउन थालिन्। कृष्णले भने आफुले माटो नखाएको दाबी गरे। साथीहरु किन यसो भन्छन्त भनेर हप्काउँदा नपत्याए मेरो मुखमा हेर्नोस् न भनेर मुख आँ गरिदिए। यशोधा मुखमा हेर्छिन् त विश्व-ब्रमाण्ड त्यँही देखेर छक्क परिन्।

एक बिहान यशोधा दहि मथ्न लागेकी थिईन्। बालक कृष्ण उठेर आमाको दुध पिउन आए। आमाले दहि मथ्न छाडेर बालकलाई दुध पिलाउन लागिन्। त्यसैबेला चुल्होमा बसालेको दुध उम्लेर पोखिन लागेको देखिन्। बालकलाई काँखबाट भुँईमा छोडेर चुल्होमा दुध उतार्न दौडीईन्। बालकको पेट भरेको थिएन। ऊनले रुदै रिसाएर त्यहिँ दहि जमाईरखेको ठेकी फ़ुटालिदिए। अनि सरासर मखन राखेको भण्डार कोठामा गए। ओखलमा चढी भाँडोबाट मखन झिकी आँफु पनि खाँदै बाँदरलाई पनि खुँवाउदै गर्न थाले। आमाचाँहि चुल्होबाट दुध उतारी फर्की हेर्छिन् त कृष्ण त्यहाँ छैनन्। दहीको ठेकी पनि फुटाई दहि पोखाई राखेको देखिन्। दहि लागेको कृष्णको पाईलाको चिन्ह हेर्दै जाँदा कृष्णलाई फेलापारिन्। अब यसलाई नचेताई भएन भनि सुर कसिन्। हातमा छडी लिएर आएकी आमालाई देखेर बालक कृष्ण भाग्ने दाउ गर्नथाले। तर यशोधाले छेकी लम्किझम्की गरेकोले रुनथाले। आमाले उनलाई समातेर ल्याईन। तँलाई आज सजाय नगरी छोड्दिन भनि दाम्लोले ओखलमा बाँद्नलाग्दा डोरी छोटो भयो। अर्को डोरी गाँसिन फेरी छोटो भयो जति डोरी गाँसे पनि नपुगेपछि हैरान भईन आमालाई गाह्रो भएको देखेर कृष्ण आँफै ओखलमा बाँधिए। यसपछि आमा घरको काम गर्न लागिन्। कृष्णले सोचे -”दाई बलरामले डोरी फुकाली दिनुहुन्छ भन्नि सोचेर ओखललाई घिसार्दै जाने क्रममा संगै रहेका दुई ठुला खरीको रुखमा ओखल अड्कियो कृष्णले ओखल तान्ने क्रममा दुबै रुख ढलेर ठुलो आवाज आयो। आवाज आएको सुनेर नन्दबाबा र अरु ग्वालाहरु त्यहाँ आईपुगे तेत्रा रुखलाई लडाउन सकेको देखेर सबै चकित परे ।

कृष्ण प्रति ग्वालिनीहरुको प्रेम

बालक कृष्णलाई छिमेकमा ग्वालिनीहरु अत्यन्त प्यारो गर्दथे । तिनीहरु उनलाई मखन, दहि, दुध खान दिन्थे । कृष्ण आफ्ना दाजु बलरामको साथै अरु बालाकहरुसंग खेल्न बाहिर जान्थे । सबै साथिहरुबिच उनि एक अत्यन्त तेजिला त् स्फुर्तिला बालक देखिन्थे । उनि बालक दलका लिडर थिए । उनि रमाईला खेलहरु रच्दथे। साथीहरुलाई पछि लगाएर थाहा नपाउने गरि सुटुक्क कुनै छिमेकीको घरमा पसेर मखन,दहि,दुध आदि चोरेर खाईदिन्थे । र साथीहरुलाई पनि खुवाउँथे। ग्वालिनिहरु यो सबै कृष्णको काम हो भनि थाहापाएर बाहिर रिसाएजस्तो गरे पनि भित्र चाँही खुशी नै हुन्थे । कुनै बेला कृष्णको छल देखी दिक्क बनेर यशोधासित उजुर गर्न आँउदा कृष्णलाई देखेपछी मोहित भएर फर्कन्थे ।

कृष्णप्रति बालक साथीहरुको स्नेह

कृष्ण साथीहरुसँग गाई चराउँन जान्थे । उनीहरुका गाईवस्तु चराउने मुख्य वनको नाम थियो वृन्दावन । वनमा गाईहरु चराउँदै साथीहरुसँग कुश्ती, कपर्दी जस्ता अनेकौँ प्रकारका खेलहरु खेली कृष्ण रमाईलो गर्दथे ।

कृष्णका साथीहरु उनिसंग खेल्न र सँगै बस्न पाउँदा आनन्दले मुग्ध हुन्थे । बनमा हिड्दा कहिलेकाँही कृष्ण थाक्दथे । त्यस्तो हुँदा साथीहरुले मिठा र सुगन्धित फलफुलहरु टिपेर दिन्थे । कृष्णको साथमा सधैँ बाँसुरी हुन्थ्यो । उनि बाँसुरी आनन्दले बजाऊँथे । बाँसुरीको मधुर र सुरिलो आवाज सुनेर वनमा मयुरहरु नाच्दथे, हरिणहरु लट्ठ पर्दथे।,गाईहरु कान ठाडो पारेर सुन्थे र रमाउँथे ।

एक दिन बालक गोठालाहरु खेलमा भुले । गाईहरु चर्दै वनभित्र पसेको उनीहरुलाई पत्तै भएन । धेरै बेरपछि तिनीहरुले गाईहरुलाई कतै नदेखेपछि आत्तिएर खोज्नथाले। गाईवस्तुको पाईलाहरु पैल्याउदै जाँदा गाईवस्तु भएको ठाँउमा पुगे । गाईवस्तु फर्काएर ल्याउन लागेको मात्र थिए ,अकस्मात् त्यहाँ भयंकर आगलागी भयो। आगोले तिनीहरुलाई चारैतर्फबाट घेर्यो। निस्कने बाटो कतै रहेन। गाईवस्तु तथा गोठालाहरु ठुलो आपतमा परे। सबैले लौन कृष्ण अब के गर्ने भनेर चिच्याउन थाले। साथीहरु एस्तो आपतमा परेको देखेर कृष्णले साथीहरुलाई आँखा चिम्लन लगाए। र साथीहरुले आँखा चिम्लिएको बेलामा बेलामा आगो स्वात्तै पीइदिए। आफुहरुलाई यसरी बचाएको देखेर उनीहरुले कृष्णाको ठुलो प्रसंसा गरे ।

कृष्णलाई मार्न कंसले रचेका जालहरू

उता मथुरामा अत्याचारी कंसलाई दिनप्रतिदिन आफ्नो ज्यानबारे चिन्ता बढ्दै गहिरहेको थियो। आँफुलाई मार्न जन्मेको बालक कहिँ कृष्ण नै त होईन भन्ने कुराले कंसको मनमा चिसो पसेको थियो। यस्तो शंका गरी उसले कृष्णलाई मार्न अनेकौं उपाय गर्दै आएको थियो।

एकदिन कृष्णलाई मार्न कंसले वत्सासुर नाम गरेको राक्षसलाई पठायो। बालक कृष्ण साथीहरुका साथ बृन्दावनमा गाईवस्तु चराईरहेका थिए। वत्सासुर पनि गाईको बाच्छोको रुपमा आएर वस्तुको बथानमा घुस्यो। उसले कृष्णलाई मर्ने मौका हेर्दै थियो ,तर कृष्णले उसको चाल थाहापाईहाले। बिस्तारै त्यो राक्षसको नजिकै पुगेर पछाडिको दुबै खुट्टा च्याप्प समातिहाले ,अनि त्यसलाई घुमाएर नजिकैको रुखमा जोरसंग बजारे। तत्कालै त्यस दुष्टको ज्यान गयो।

कंसले कृष्णलाई मार्न अनेकौं जालहरु रचिरह्यो। उसले फेरी आफ्नो मित्र व्योमासुरसँग सल्लाह गरि पठायो। व्योमासुरले बलराम,कृष्ण र साथीहरुलाई मार्ने जुक्ति गरेर बृन्दावन आयो। बालकहरुको हुलमा मिल्यो त्यतिखेर भेडाचोरको खेल खेल्ने प्रस्ताव आयो सबैले खुशीसाथ मन्जुर गरे कोहि भेडा बने,कोहि रखवार बने। चोरले भेडालाई चोरेर लुकाउने कुरामा पनि सबै सहमत भए। व्योमासुर चोर बन्यो। उसले भेडा बनेका बालकहरुलाई मौका हेरेर सुटुक्क गुफामा लगी थुन्न थाल्यो। आखिर चार-पाँच बालकमात्र बाँकी रहे। कृष्णको मनमा शंका उठ्यो। उनी व्योमासुरले थाहा नपाउने गरि पछि लागे। उसले गुफाभित्र बन्द गरिएको देखेपछि कृष्णले उसलाई समातिहाले। तुरुन्त व्योमासुरले आफ्नो भयंकर राक्षस रुप लियो। तर कृष्णले जोरले मुक्का हानि त्यस असुरलाई मारिदिए। गुफाको ढोका खोली सबै साथीहरुलाई निकाली बचाए। यसरी कृष्णले दुष्टको नाश गरे। बालकहरु फेरी क्रिश्नाल्लाई पाउँदा अत्यन्त आनन्दित भए।

अत्याचारी कंसको बध

अब कंसले कृष्णलाई मार्ने अर्को जुक्ति सोच्न लाग्यो। ‘धनुयज्ञ ”भन्ने एउटा ठुलो यज्ञको आयोजना गरी त्यसमा सबैलाई सम्मिलित पार्ने निर्णय गरेर निम्ता बाँड्न लगाईयो। कृष्णलाई पनि त्यस यज्ञमा निम्ता गर्ने र हात्तीले कुल्चाई मार्ने गुप्त प्रबन्ध गरियो। केहि गरि त्यो जुक्ति असफल भएमा आफ्ना बलिया पहलमानहरुसंग कुश्ती खेलाई मार्ने कुरा निधो भयो। सबै कुरा मिलाई सकेपछि कंसले बलराम,कृष्ण र सबै नन्द,ग्वालाहरुलाई पनि धनुयज्ञको निम्ता दिई मथुरा ल्याउन आफ्नो विश्वासी सेवक अक्रुरलाई पठायो।

अक्रुराले व्रजमा पुगी नन्दलाई कंसको सन्देश सुनायो। नन्दले सबैलाई राजाबाट निम्ता आएको खबर सुनाए। ग्वालाहरु ठुलो उत्सव हेर्न पाउने भएकोले खुशी भए। भोलिपल्टबिहान सबै ग्वालाहरु आ-आफ्ना गाडामा मठुरातार्फ़ प्रस्थान गरे। अक्रुराले बलराम र कृष्ण दुवै भाईलाई रथमा चढाई मथुरा शहरमा पुर्याए। राजा कंसलाई कृष्णको आगमनको खबर गरि अक्रुर आफ्नो घर गयो।

भोलिपल्ट अपरान्ह दाज्यू बलरामसहित सबै ग्वालाहरु साथमा लिएर कृष्ण धनुयज्ञको उत्सव हेर्न गए। अत्यन्त राम्रो मण्डपमाथि ठुलो अद्भुतको धनु राखिएको थियो। धुमधामसँग त्यस धनुको पुजा भएको थियो धनु सुरक्षाका लागि चारैतर्फ वीरहरू राखिएको थियो। कृष्णले एकपल्ट धनु हेर्छु भनि जबर्जस्ती भित्र पसे। कसैले पनि हल्लाउन नसकिने त्यस धनुलाई कृष्णले जुरुक्कै उठाईदिए। यो देखेर दुनिया चकित परे। अरुले हेर्दाहेर्दै कृष्णले धनुको ताँदो अर्थात् डोरी यस्तो जोरले खिचे कि धनु भाचियो। र भयंकर आवाज आयो। त्यस् आवाजले कंस झस्कियो। धनुको रक्षा गर्न राखिएका राक्षसहरु क्रोधित भए। उनीहरुले पक्रन भनि कृष्णलाई झम्टे \ बलराम र कृष्णले जो-जो अगाडी आँउछ तिनलाई त्यसै धनुको टुक्राले हानि लडाए। कंसले तुरुन्तै अरु सेनालाई लड्न पठायो। कृष्णले ति सबैलाई त्यहिँ खतम पारे। कृष्णको त्यो असाधारण शक्ति देखेर सब नगरबासीहरु अचम्म परे। कंसलाई भने ठुलो चिन्ता भयो। उसलाई राति धेरै बेरसम्म निद्रा लागेन।

धनुयज्ञको भोलिपल्ट कंसले ठुलो कुश्ती खेलको आयोजना गरेको थियो। रंगशाला बढो राम्रोसंग तोरण ध्वजापताका तथा मालाहरुले सजाई दर्शकहरु बस्ने मेचहरू पनि राम्रोसंग मिलाएर राखिएको थियो। निम्तामा तिम्तालुहरु कुश्तीको तमासा हेर्न रंगशालामा खचाखच भई बसेका थिए। नगरबासीहरुको भिड लागेको थियो। नन्द र अरु ग्वालाहरु पनि त्यहाँ बसेका थिए। कंसको आसन अग्लो र सुरछित ठाँउमा सजाऎको थियो। रिमिझिमी अनेकौँ बाजाहरु बजिरहेका थिए। बाजाको सुरमा तालि ठोक्दै गर्जदै चारुण ,मुष्टिक आदि ठुला पहलवानहरु अखडामा आए। बलराम र कृष्ण पनि तमासा हेर्न रंगशालाको द्वारमा आए। ढोकामा एउटा अजङ्गको हात्ती राखेको थियो। कृष्णले माउतेलाई भित्र पस्न अनुरोध गरे तर माउतेले हात्तीलाई झन् अगाडी बढायो। हात्तीले कृष्णलाई आक्रमण गर्न खोज्यो तर कृष्ण फुत्किहाले । कृष्ण र हात्तिबिच निकैबेर दाउपेच चल्यो। र कृष्णले हात्तीलाई भुइँमा पछारेर गोडाले थिची त्यसको दह्रा उखेले। अनि माहुते र हात्ती दुबैलाई त्यहि दाह्राले हानि मारिदिए।

यसरी हात्ति मारेर त्यसको दाँत लिई बलराम र कृष्ण रंग-भूमिमा प्रवेश गरे। तमासा हेर्न जम्मा भएका सबैको दृष्टि बलराम र कृष्णप्रति खिचियो। यस्तैमा पहलमान चाणुरले अखडाबाट बलराम र कृष्णलाई हाँक दिंदै बोल्यो – ”तिमीहरु कुस्ती खेल्न मनपराउने ठुला वीर छौ रे भन्ने कुरा सुनी राजा कंसले तिमीहरुको खेल हेर्ने इच्छा प्रकट गरेको छ। लौ अब तिमीहरुले कुस्तीमा भाग लिई राजाको इच्छा पुरा गर्नुपर्यो। ” कृष्णले भने ”हुन्छ ,बालक हुनाले आफु सामानको जोडासंग कुस्ती खेली खेल देखाउन हामि तयार छौं। राजाको सामु भएको यत्रो सभामा अधर्मको स्पर्श कत्तै नहोओस्। ” चारुणले भन्यो -”तिमीहरु वीर हौ ,बालक छैनौ। कयौ विरलै मार्यौ। मत्ता हात्ती निभायौ। त्यसकारण कसरी हामीसंग जोडा मिल्दैन भन्दछौ ? लौ लडौ। मुष्टिकसँग बलराम भिड्नु मसँग तिमी लड। ” बलराम र कृष्ण तयार भए।

कृष्ण र बलराम – चारुण र मुष्टिकको घनासम मल्लयुद्द मच्चियो परस्परमा अद्भुत दाउपेच चल्यो। चारुणले ठुलो बल लगाएर कृष्णको छातीमा मुड्की ठोक्यो तर कृष्णलाई त्यो चोट फुलको थुँगाले हाने जस्तो भयो। कृष्णले चारुणको दुवैहात समातेर फनक्क घुमाई भुँईमा पछारे। त्यसबाट मरणान्त आघात परेर त्यसको ज्यान गयो। त्यस्तै मुष्टिक र बलरामबीच मुड्की कसाकस भयो। बलरामले बेसरी मुड्की कसी ठोक्दा मुष्टिक रगत छात्दै धुन्मुनाई काटेको रुख झैँ जमिनमा ढल्यो, पस्रियो र मर्यो। बलराम र कृष्णको यस्तो पुरुसार्थ देखेर दर्शकहरु छक्क परे।

हात्तिको आक्रमण र आफ्ना बलिया पहलावनको मारमा परेर दुवै केटाहरु मरिहाल्छन् भन्ने कंसले ठानेको थियो। तर त्यसको ठिक उल्टो भयो। अब उसको मन् भय र त्रासले भरियो। बाजा बजाउन बन्द गर्न लगाएर गर्दै भन्यो – ”यी दुई दुष्ट गोठालाहरुलाई यहाँबाट ठ्याक खुवाई निकाल। ग्वालाहरुको सवर्स्व लुट। दुष्ट नन्दलाई पाता कस। झुठो ब्याबहार गर्ने वाशुबेवलाई यहाँ ल्याउ र काट। बैरीलाई मन पराउने उग्रसेन र ऊनका पक्षका जति छन् ति सबलाई यहिँ संहार गर। ”यसरी कंस पनि जंगिदैथ्यो ,कृष्ण बुर्लुक्क उफ्रेर कंस बसेको अग्लो मंचमा चढे। यो देखि कंसपनि हातमा तरवार र ढाल लिई खडा भयो ।

तर गरुडले सर्पलाई जस्तै उसको कपाल पक्रेर कृष्णले कंसलाई मन्चबाट तल भुइँमा पछारे। बज्र समानका मुक्की ठोकेर उसलाई मारे। कंसको मृत्युले उसका पत्नीबाहेक अरु सब खुशी भए। अब भने उनीहरु दानबी शक्तिबाट उम्के। कंस मरेको देखि उसका भाईहरु लड्न आएका थिए। तिनीहरुलाई बलरामले सिध्याए।

कृष्णद्वारा न्याय र धर्मको स्थापना

यसरी कन्स र उसका भाइहरुको मृत्युपछि बलराम र कृष्ण जेलखानामा गई वशुदेव र देवकीलाई मुक्त गरे। यसपछि वशुदेवसहित कृष्ण र बलराम उग्रसेनको नजिक पुगी निबेदन गरे-”हजुर अब निभयतासाथ राज्यासनमा विराजित हुनुहोस्। म संरक्षक भएर रहन्छु। ” यति भनेर उनलाई सिंहासनमा राखेर शिरपेच लगाइदिए। यसरी अन्यायपुर्बक हरण गरिएको उग्रसेनको अधिकार कृष्णले फ़र्काईदिए र अन्यायमाथि न्यायिक नीति स्थापना गरे। कंस र भाईहरुका बिधवा रानीहरु विलाप गर्दैथिए। कृष्णले उनीहरुलाई सम्झाई-बुझाई काजक्रिया गर्न लगाए। काजक्रिया सकेपछि उनीहरु माईत गए।कंसको ससुरा जरासन्ध मगधका एक अत्यन्त बलिया राजा थिए। मगधलाई हाल बिहार भनिन्छ। आफ्नो जुवाईलाई कृष्णले मारेको खबर सुनी अत्यन्त क्रोधित भए। जरासन्धले कृष्णको नाश गर्न हुनेसम्म गर्यो। मगधबाट मथुरा नजिकै पर्थ्यो त्यसोहुँदा कृष्णले त्यहाँ बस्नुभन्दा निकै टाढा पश्चिम समुन्द्रको किनार गुज्रातमा एउटा बलियो किल्ला बनाई बस्नु असल देखे। सबैको सल्लाह बमोजिम गुज्रातमा द्वारका नामको शहर बसाए र त्यसैलाई राजधानी बनाए।

द्वारकामा बसाईं सरेपछि जरासन्धले त्यहाँसम्म आएर हमला गर्न त सकेन, तर कंसका अरु मित्रहरुले ”बढेको यो गोठालोलाई नमारी हुदैन ”भनी कृष्णलाई दु:ख दिई नै रहे। कृष्णले आफ्नो बुद्दि र बलद्वारा ती सबैलाई हराए। यसले गर्दा टाढाटाढासम्म उनको सुनाम र प्रभाब फैलियो।

कृष्णको शान्तिप्रियता :

कौरव र पाण्डवहरुबीच सम्झौता गराउने प्रयास

त्यसबेला हस्तिनापुरमा महाराजा धृटराष्ट्र राज्य गरिरहेका थिए। उनका सय छोराहरु थिए , जसलाई कौरव भनिन्थ्यो। इन्द्रप्रस्थानमा चाहिँ उनका भाई पाण्डुका छोरा युधिष्ठिर राज्य गरिरहेका थिए। युधिष्ठिरहरु पाँच भाइ थिए तिनीहरुलाई पाण्डव भनिन्थ्यो। यसरी धृतराष्ट्रका जेठा छोरा युवराज दुर्योधन र युधिष्टिर नाताले भाई-भाईका छोरा थिए। तर दुर्योधन स्वभावले दुष्ट, ईश्यालु र घमण्डी थिए। त्यसो हुँदा बाल्यकालदेखि नै उनि पाण्डवहरुको भित्र-भित्र ठुलो द्रोह गर्दथे। आखिर उनले अनेकों कपट गरि पाण्डवहरुको राज्य हात पारे। पाण्डवहरु ठुलो दु:खमा परे। उनीहरुले तेह्र वर्षसम्म निर्वासित जीवन बिताउनुपर्यो। आखिरमा युधिष्ठिरले आफुहरु उपर कौरवहरुले गरेको अत्याचारलाई लिएर मित्र राजाहरुको एक सभा डाके।

सभामा कौरव र पाण्डवबीचको झगडा संझौताबाट टुंग्याउनुपर्छ भने विचार कृष्णले प्रकट गरे। अरु जम्मा भएका राजाहरुले पनि कृष्णको विचारलाई समर्थन गरे, तर दुर्योधनले सम्झौताको कुरालाई अस्वीकार गरेकोले कौरव र पाण्डवबिच लडाइँ हुने निश्चय नै भयो।कुरुक्षेत्रको लडाईंमा कृष्णले अर्जुनलाई दिएको उपदेश :

पाण्डवहरुले लडाईंको तयारी गर्न थाले। युधिष्टिरका साहिंला भाई अर्जुन प्रख्यात धनुष योद्धा थिए। रथमा रही धनुबाण चलाएर लड्ने वीरका लागी रथ हाँक्ने सारथी पनि त्यत्तिकै चतुर चाहिन्छ। अनिमात्र उसले आफुले भनेजस्तो गरि रणकौशल देखाउन पाउँछ। कृष्ण रथ हाँक्ने काममा अत्यन्त चतुर थिए। त्यसैले अर्जुनले कृष्णसंग लडाईंमा मेरो रथ हजुरले हाँकीदिनुभए हुन्थ्यो भनि बिन्तीभाउ गरे। कृष्ण पनि मन्जुर भए।

लडाइँहुने बेला भयो। वर्तमान दिल्लीको नजिक कुरुक्षेत्रको मैदानमा पाण्डव र कौरव दुबैतर्फका लाखौँ फौज युद्दक निमित्त आमने-सामने खडा भए। अर्जुनले कृष्णलाई रथ केहि अगाडी बढाउन बिन्ती गरे। अगाडी बढेपछि उनले सबैतिर हेरे। शत्रुपट्टि लागेर लड्न आएकामा पनि कोही छोरा पर्नी ,कोही बाजे ,कोही भतिजा ,कोही दाजु ,मामा पर्नी सबै नातैनाता भएका असंख्य मानिसहरुलाई अर्जुनले देखे। यस्तो देख्दा अर्जुनको मन खिन्न भयो। उनलाई लाग्यो एउटा राज्यको लागी यी सम्बन्धीहरुमाथी कसरी हतियार प्रयोग गर्ने ! अनि कृष्णसँग अर्जुनले भने ”आफ्ना बन्धवाहरुलाई मारेर राज्यको सुखभोग गर्नु मलाई राम्रो लागेन कृष्ण ! मत लडाईं गर्दिन। ”

संग्रामको मुखमा आएर अर्जुनको यस्तो काँतर कुरा सुनी कृष्णले हाँस्तै भने-”अर्जुन, तिमीलाई कहाँबाट यो काँतरपना आयो ? यसरी लडाईं जोडिन लागेको बेलामा नलडी हिंड्यो भने तिमीलाई दुनियाँले के भन्लान् ? लडाईं नजोदिएसम्म आफ्नो हक प्राप्तिको लागि खुब फुर्ति गर्थ्यो। अहिले लड्दिन भन्दा बलिया-बलिया विरहरु देखेर थरथर कामि भाग्यो भनेर शत्रुहरुले प्रचार गर्नेछन्। दुनियाले यहि कुरा पत्याउनेछन् र तिमीलाई यहाँ बसिनसक्नुहुनेछ। इज्जतदार मानिसको लागी बदनाम हुनु मर्नुभन्दा पनि बढी द:खदाइ ठहर्छ।‘’

आफ्नालाई कसरी मार्नु त भन्ने अर्जुनलाई सम्झाउदै कृष्णले भने-”हेर अर्जुन ! मानिस बालक बनी जन्मन्छ ,जवान हुन्छ, अनि बुढो हुन्छ र मर्छ यो तिमिहामी सबैले देखेको कुरा हो। जन्मने मानिस आज भए पनि कालान्तरमा भए पनि नमारी छोड्दैन, लडाईं गरे पनि मर्छ नगरेपनि मर्छ। त्यसकारणले माछ भनि कसैको शोक गर्नु ठिक कुरा हो फेरी मर्ने भन्ने कुरा पनि उसको शरीरमात्र हो। मानिसको आत्मा न मर्छ न जन्मन्छ। जसरी मान्छे आफुले लगाएको लुगा पुरानो भएपछी फेरी नयाँ कपडा पहिरन्छ, आत्माले पनि पुरानो शरीरलाई छोडेर नयाँ शरीर धारण गर्छ।यस किसिमको मानिसको त्यसरी शरीरभित्र रहने आत्मालाई न शत्रुले काट्छ न आगोले जलाउँछ, न हावाले सुकाउँछ ,न पानीले जलाउँछ। आत्मा र शरीर एक हो भन्ठान्नु गलत हो। यसै गलत सोचाईको कारणबाट मार्ने वा मर्ने भन्ने पैदा हुन्छ। यथार्थ सत्य कुरा के हो भने आत्माको जन्म मृत्यु केही छैन।

यस संसारमा सबैले आफुले गर्नुपर्ने कम गर्नैपर्छ। कर्मको फलबारे बिकुल चिन्तित नभई आफुले गर्नुपर्ने काम एकचित्त भई गर्नु नै सफलता प्राप्त गर्ने एकमात्र महान उपाय हो। ” यसरी गरेर कृष्णले अर्जुनको काँतरता अज्ञानता उत्साहहीन भावनालाई हताईदिए। धर्म र न्यायका लागि लड्नु वीरको कर्तव्य हो भन्ने कुरा अर्जुनले राम्ररी बुझे। कृष्णले अर्जुनको मोह हटाउन गरेको उपदेशलाई गीता भनिन्छ। गीताको विचार अत्यन्त उच्च मानिन्छ। गीताज्ञान सुनेपछि अर्जुन लड्न तयार भए। कृष्ण सहायक भएकाले पाण्डव पक्षको विजय भयो धृतराष्ट्रका सबै छोराहरु युद्दमा मारिए।

कृष्णको स्वर्गारोहण

कुरुक्षेत्रको लडाईं पछि पनि धेरै कालसम्म कृष्ण राजनीति र धर्म सुधार कार्यहरुमा लागि नै रहे। आखिर उनलाई अब संसार त्याग गर्ने समय नजिक आईरहेको थाहा भयो। उनले अन्त्यमा आफ्ना प्रिय शिष्य उद्दवालाई ज्ञानोपदेश गरे। पछि सबैलाई विदा गरेर द्वारकाको वनमा एउटा पिपलको रुखमुनि रहेका थिए।

दैवासंयोगले कृष्णका गोडालाई मृग ठानी एउटा व्याधाले हानेको बाण गोडामा आएर रोपियो। पछि उसले कृष्णलाइ देखेर माफी माग्यो। कृष्णले यो मेरै ईच्छा अनुसार भएको हो ,तिमीलाई केही छैन भनि बिदा गरे यसपछि लिनआएका ब्रम्मा ,शिव आदि सम्पूर्ण देवताहरुको सामु यस धर्तीलाई त्यागेर सशरीर आफ्नो धाम वैकुण्ठ गए।