No 1 News portal From Nepal in Nepali

घरमा आगो लाग्यो गर्भवती श्रीमती र ३ वर्षकी छोरी निकाले, अर्को कोठामा भएको आमाबुवालाई निकाल्न सकेनन्

काठमाडौ । रामेछापमा आगलागी हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आगलागीमा परी घरभित्रै रहेका एक दम्पतीको मृत्यु भएको हो । सोमवार विहान भएको घटनामा घरमा भएका अन्य तीन जना भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सोमबार बिहान भएको आगलागीमा परी ७८ वर्षीय धनबहादुर कार्की र उनकी ६८ वर्षीया श्रीमती सीता कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरमा रहेका माइलो छोरा मनोहर कार्कीले थाहा पाए । उनी हतारमा झ्यालको ग्रिल फोरेर हाम फालेर बाहिर निस्किए । उनीहरुको घर नजिकै छोरी ज्वाईको पनि घर थियो । दिदी भिनाजुलाई बोलाए ।

मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई घर बाहिर निकाले । तर अर्को कोठातर्फ रहेका बाबुआमालाई भने उनीहरूले निकाल्न सकेनन् ।