No 1 News portal From Nepal in Nepali

नेपालगन्जमा थप ७ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज — कोरोना संक्रमणबाट नेपालगन्जमा थप ७ जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरी थप ७ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सज तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगर–३ का ५१ वर्षीय पुरुष, नेपालगन्ज–१ का ६६ वर्षीय पुरुष, नेपालगन्ज–५ का ४८ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–८ बाँकेका ६० वर्षीया महिला, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४७ वर्षीय पुरुष त्यस्तै खजुरा गाउँपालिका–२ का ३२ वर्षीय पुरुष र कोहलपुर–१५ का ६० वर्षीय पुरुष छन् ।

यो सँगै बाँकेमा कोभिड संक्रमणका कारण जिल्ला बाहिरका १२२ जना र जिल्लाका १३५ जनाको मृत्यु भइसकेको छ ।