No 1 News portal From Nepal in Nepali

चितवनमा २४ घण्टामा सात जनाको निधन

स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा रुपन्देही, नवलपुर र तनहुँका एक,एक संक्रमितको निधन भएको छ । त्यसैगरी पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा स्याङ्जा र विरगन्जका एक,एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी होम आइसोलेसनमा रहेका भरतपुरका एक र माडीका एकजनाको पनि निधन भएको छ । चितवन प्रहरीले दिएको जानकारी अनुसार माडीमा होम आइसोलेसनमा बसेका संक्रमितले बिहीबार बिहान आत्महत्या गरेका हुन् ।