No 1 News portal From Nepal in Nepali

आज एकै दिन थप ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु

देशभर थप ७८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।