No 1 News portal From Nepal in Nepali

खुसीको खबर : २४ घण्टामा चार हजार २२ जना सङ्क्रमण मुक्त भएर घर फर्किए

काठमाण्डाै पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या तीन लाख दुई हजार सात सय ८७ पुगेकाे छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।

पछिल्लाे २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको हो । अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।