No 1 News portal From Nepal in Nepali

दुखद खबर : कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।