No 1 News portal From Nepal in Nepali

२४ घण्टामा ९ हजार २७१ जनामा काेराेना सङ्क्रमण,१३९ जनाकाे ज्यान गयाे

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु, शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु र आइतवार ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।