No 1 News portal From Nepal in Nepali

खुसीको खबर : अहिलेसम्मकै बढी एकै दिन ५ हजार २२५ जनाले कोरोना जितेर घर फर्किए

नेपालमा  पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यो संगै निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ

हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सर्बाधिक २२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।