No 1 News portal From Nepal in Nepali

बाँकेमा एकैदिन १८ जना संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष र बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यो पनि पढ्नुस :

नेपालमा  पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यो संगै निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ

हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सर्बाधिक २२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।