No 1 News portal From Nepal in Nepali

दुखद खबर : २४ घण्टामा काेराेना सङ्क्रमणबाट थप २१४ जनाकाे ज्यान गयाे, ८९६० जनामा काेराेना सङ्क्रमण पुष्टि

३० वैशाख, काठमाडौं । नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई सय १४ जनाकाे ज्यान गएकाे छ । यसअघिकाे विवरण र पछिल्लाे २४ घण्टामा समेत गरी दुई सय २४ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याे सहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार चार सय ६६ पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा आठ हजार नाै सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १९ हजार चार सय ७४ जनाकाे पीसीआर र सात सय ७१ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार नाै सय ६० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । याे सहित नेपालमा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेकाे छ ।

यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेकाे छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् । 

यो पनि पढ्नुस

अमेरिकी इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग ,

काठमाडौँ — अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

नेपालीस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ । नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको दुतावासले जनाएको छ ।

२०२० को अप्रिलयता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पीपीई, आइसोलेसन सेन्टरका सामाग्री, अक्सिजन समबन्धि विभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

योसँगै नेपालमा यूएसएआईडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभिड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको दूतावासले बताएको छ ।