No 1 News portal From Nepal in Nepali

कोरोनाबाट बच्न यो मात्रै एक उपाय हो, डा. रबिन्द्र पाण्डे (सबैले पढेर शेयर गरौँ )

कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ – डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ: सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृ:त्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।

कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ।– कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृ-त्यु डर १- २ % मात्र छ ।

यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।– यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।– कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् ।

कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ । हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।

हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि । कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।

कोरोना संक्रमण कसलाई छ जोखिम ? सक्दो शेयर, प्रकाशन , प्रसारण गरौँ !

चीनबाट फर्केका बिद्यार्थी, ब्यबसायी तथा उनीहरुको परिवार / छिमेकी । पर्यटक बस्ने होटेल, रेस्टुरेन्ट, क्यासिनो तथा उनीहरुले प्रयोग गरेका सवारी साधनसंग सम्बन्धित। पर्यटकीय क्षेत्रमा काम तथा ब्यबसाय गर्नेहरु । बिरामी जाँच्ने चिकित्सक, ल्याबमा काम गर्ने तथा अन्य स्वास्थ्यकर्मीहरु ।

कुकुर, बिराला, कुखुरा, परेवा लगायतका पशुपंक्षी पाल्ने तथा संगै रहने व्यक्तिहरु । मासु काट्ने, पकाउने, काँचै खाने व्यक्तिहरु । हात नधोइ खाना खाने व्यक्तिहरु । प्रत्येक पटक हात नधोइ बारम्बार सुर्ती खाने व्यक्तिहरु । बालबालिका, बुढाबुढी, गर्भवती, सुत्केरी, दीर्घ बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु।

सार्वजनिक यातायात, सपिंग मल, फ्लिम हल, विमानस्थल, अस्पताल, बिद्यालय / कलेज लगायत भीड हुने स्थानमा रहने व्यक्तिहरु ।– हात नधोइ मुख, आँखा, नाक, कानमा छुने बानी परेका व्यक्तिहरु । भीडभाडमा हिंड्दा सहि तरिकाले गुणस्तरीय मास्क ( N 95 ) प्रयोग नगर्नेहरु । भेट हुँदा हात मिलाउने, हग गर्ने, चुम्बन गर्ने बानी भएका व्यक्तिहरु , आदि ।