No 1 News portal From Nepal in Nepali

प्रधानमन्त्री ओलीको चेतावनी : सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज बितरण गर्न निर्देशन दिनुभयो । उहाले सावधानि नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओली कोरोना महामारी न्यूनीकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जिकिर गर्नुभयो ।

उहाले सरकारी संयन्त्रबीच नै कोर्डिनेशनको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गर्नुभयो । उहाले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गर्नुभयो ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उहाको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए ।

उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।