No 1 News portal From Nepal in Nepali

गुल्मीमा एकैदिन ९ कोरोना संक्रमितको मृ’त्यु

गुल्मी । गुल्मीमा कोरोना संक्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृ’त्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ बर्षकी महिलाको तम्घास अस्पताल, रेसुंगा एककी ६६ बर्षकी महिलाको चितवन मेडिकल कलेज चितवन, रेसुंगा नगरपालिका १२ का २७ बर्षका पुरुषको उपचारका क्रममा पाल्पा लैजादै गर्दा एम्बुलेन्समै मृत्यु भएको र रेसुंगा ७ का ६४ बर्षका पुरुषको चितवनमै उपचारको क्रममा मृ’त्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङका ५१ बर्षका शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृ’त्यु भएको हो । उनी कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ मा रहेको जिवनोद्धार माध्यमिक बिद्यालयका शिक्षक हुन ।

सत्यवती गाउँपालिका वडा नम्वर ७ का ८० बर्षका पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका वडा नम्वर ३ का ८१ बर्षका पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृ’त्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर २ का ३२ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पापामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ बर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृ’त्यु भएको कार्यालयले जनाएको छ ।

गुल्मीमा संक्रमणका कारण ४६ जनाको मृ’त्यु भएको र अहिले सक्रिय संक्रमितको संख्या ९ सय ३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्कीले जानकारी दिए। गुल्मीमा हालसम्म २ सय ६ जना संक्रमित उपचार पछि नि’को भएर घर फर्किएका छन् । – खबरमार्केटबाट