No 1 News portal From Nepal in Nepali

पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृ’त्यु, ९,२४७ जनामा संक्रमण

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।

पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुने व्यक्तिको सङ्ख्या बढिरहँदा नेपालमा “जनस्वास्थ्य विपद्‌” अवस्था घोषणा गर्नुपर्नेबारे बेलाबेला चर्चा हुने गरेको छ। एकथरीले त्यो घोषणा गरिए कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा सरकारले चालेका वा चाल्ने कदम प्रभावकारी हुने बताउने गरेका छन् भने अर्कोथरीले त्यसको आवश्यकता नरहेको तर्क गर्ने गरेका छन्।

नेपालमा केही सातायता सङ्क्रमितहरू बढिरहँदा बिरामीहरूलाई अक्सिजनदेखि अस्पतालमा शय्यासम्म उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कका अनुसार पछिल्लो समय दैनिक औसतमा आठ हजार सङ्क्रमित थपिने गरेका छन् भने १०० जनाभन्दा बढीको मृत्यु पुष्टि हुने गरेको छ।