No 1 News portal From Nepal in Nepali

अस्पतालमा बिरामी कुरुवा एक युवतीले रविलाई देखेपछि रुँदै भनिन्, रवी दाइ तपाई नहुनु भएको भए मैले आमा र दिदि पनि भन्न पाउने थिएन् (भिडियो सहित)

काठमाडौँ । पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलिभिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिभिजन कार्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरुको बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् ।

अहिले उनको कार्यक्रम केही समयका लागि बन्द छ । टेलिभिजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामारीका कारण सर्वसाधारणले उपचार नै नपाउने अवस्था आएपछि सामाजिक काममा लागेका हुन् ।

उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले विरामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् । रवि लामिछानेले दुई वर्ष अघि निकिता संग विवाह गरेका थिए । विवाहको वार्षीक उत्सवमा उनीहरु विरामीको सेवा गर्न अस्पताल पुगेका हुन् ।

सहयोग लिएर रवि अस्पतालमै पुगेपछि संक्रमितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको समस्या संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्