No 1 News portal From Nepal in Nepali

२४ घण्टामा ८,९८० जनामा कोरोना संक्रमण पुष्टि , १२९ जनाको मृ’त्यु

नेपालमा पछिल्लो घण्टामा देशभर ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९,३५७ जनाको पीसीआर र ७४८ जनाको एन्तिजेन  परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५ हजार ६४३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।