No 1 News portal From Nepal in Nepali

एकै दिन ७ हजारभन्दा धेरै काेराेनामुक्त, ७ हजार ४ सय २५ सङ्क्रमित थपिए

काठमाण्डाै – गएकाे २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ ।