No 1 News portal From Nepal in Nepali

कोरोनाको मृत्यु देखेर फर्केका ‘सक्किगोनी’का काकुले भक्कानिदै भने बल्ल तल्ल बाँचेर घर आए (भिडियो सहित)

काठमाडौं। कोरोना महामारीले संसारभरमा मानिसलाई आक्रान्त पारिरहेको छ । कोरोनाको दोश्रो लहरले नेपालमा निकै मुस्किल बनाएको छ । लाग्छ, हरेक घरमा कोरोनाका संक्रमित छन् ।

यसै क्रममा चर्चित टेलिभिजन सिरिज सक्किगोनीका काकु अर्थात दीपक आचार्य पनि कोरोना संक्रमित हुन पुगे । उनलाई सघन उपचारको आवश्यकता पर्‍यो । अहिले भने उनि निको भएर घर फर्किसकेका छन् ।

सक्किगोनीको छायांकन गरेर फर्केपछि उनि बिरामी परेका थिए । केहि दिन जाँच नगरी घरमा छुट्टै बसेर उनले औषधी लिरहेका थिए । केहि दिनमा जाँच गर्दा कोरोना पोजेटिभ आएपछि पनि उनि तीन दिनसम्म घरमै रहेका थिए ।

तेश्रो रात उनलाई सास फेर्न गाह्रो भयो र अर्को बिहान अस्पताल पुगे । त्यतिन्जेल उनलाई निमोनियाले गाँजेको रहेछ । उनले अस्पतालमा एकदमै पीडादायक नौ दिन बिताए । अक्सिजनको सहारामा बाँच्नुपर्‍यो । त्यो समयमा उनले परिवारको लागि अन्तिम इच्छाहरु समेत मोबाइलको नोटमा लेखेर राखेका थिए ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्