No 1 News portal From Nepal in Nepali

यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् !

काठमाडौँ । को- रोना भाइरसको दोस्रो लहरका बीच मास्क, सामाजिक दुरी र स्वच्छतालाई कायम राख्न निकै अत्यावश्यक भएको छ । हुन त को- रोना वा सामान्य रुपमा लाग्ने खोकीलाई चिन्न मुश्किल छ तर यदि तपाईं केही विशेष कुरामा ध्यान दिनुहुन्छ भने को- भिड–१९ को संक्रमणपश्चात् लाग्ने खोकी वा अन्य लक्षणको पहिचान गर्न सक्नुहुन्छ ।

रुघा–खोकी वा को- भिड–१९ दुबै हाम्रो अपर रेस्पिरेटरी ट्र्याक्टलाई प्रभावित गर्ने भाइरसको सम्पर्कमा आएपछि हुन्छ । भाइरसको स–साना छिटा खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा एक व्यक्तिबाट अर्को व्यक्तिलाई संक्रमित गर्दछ ।

यद्यपि, ध्यानमा राख्नुपर्ने कुरा के हो भने यी दुबै भाइरस भिन्न हुन्छन् र यसका लक्षण पनि अलग छन् । साधारण रुघा–खोकीको तुलनामा को- भिड–१९ को लक्षण धेरै गम्भीर छ र घातक छ । यो रुघा–खोकीको तुलनामा बढी दिनसम्म रहन्छ । यस्ता छन् लक्षणहरु:-

१) सुँघ्ने क्षमता गुम्नु :- चिसो र रुघा–खोकी लाग्दा मानिसको नाक बन्द हुनु स्वभाविक हो । तर यदि सुख्खा खोकी र ज्वरोका साथै तपाईंको सुँघ्ने क्षमतामाथि पनि प्रभावित भइरहेको छ भने यो को- रोना भाइरसको लक्षण हो ।

एक रिपोर्टका अनुसार को- रोना भाइरस संक्रमित करिब ४१ प्रतिशत रोगीमा यो लक्षण देखिएको छ ।  को- रोना भाइरसको स–साना लक्षण पनि बुझ्न जरुरी छ । को- रोना लक्षणको सुरुवातमा पहिचान गरेर तपाईं गम्भीर रुपमा बिरामी हुनबाट आफूलाई जोगाउन त सक्नुहुन्छ, यसो गरेर तपाईंले अरुको पनि ज्या- न जोगाउन सक्नुहुन्छ ।

२) सुख्खा खोकी :- सुख्खा खोकी को- रोना भाइरसको एउटा साधारण लक्षण हो । एक रिपोर्टमा दाबी गरिए अनुसार ५९ देखि ८२ प्रतिशत को- रोना बिरामीलाई सुरुमा सुख्खा खोकी लाग्छ । डब्ल्यूएचओ र चीनको फेब्रुअरी २०२० को एक साझा शोधका अनुसार ६८ प्रतिशत मानिसहरुमा सुख्खा खोकीको लक्षण भेटियो जुन दोस्रो सबैभन्दा साधारण लक्षण हो ।

३) घाँटी दुख्नु :- ​घाटी कुनै नन सिरियस डिजिज वा कोरो- ना भाइरसका कारण दुख्नसक्छ । यो एक निकै असामान्य लक्षण हो जुन बिरामीमा भिन्न तरिकाले देखिने गर्छ । को- रोना भाइरस नाक र घाँटीको झि-ल्लीमा प्रवेश गरेर घाँटी सुन्निने र घाउ हुने गर्छ । यदि तपाईंलाई सुख्खा खोकी, ज्वरो, थकानका साथै घाँटी दुख्छ भने यो कोल्ड वा फ्लू नभई कोरोनाभाइरस हुनसक्छ ।

४) कस्तो हुन्छ सुख्खा खोकी :- सुख्खा खोकीको अर्थ हो – खोकी लाग्दा ख-कार नआउनु । साधारणतया यस्तो खोकी चिसो लाग्दा वा फ्लूमा मात्रै देखिन्छ । यद्यपि, सुख्खा खोकी कुनै ए-लर्जीको पनि संकेत हो । त्यसैले को-भिड–१९ को परीक्षण पछि मात्रै यो विषयमा स्पष्ट हुन सकिन्छ ।

५) सास फेर्न समस्या :- खोकी र ज्वरोसँगै सास फेर्न समस्या भएको छ भने यो को-रोना भाइरस भएको एउटा बलियो संकेत हो । वास्तवमा लगातार खोकी लाग्दा हाम्रो सास नलीमा असाध्यै धेरै द-बाब पर्छ । यस्तो स्थितिमा मानिसहरुको सास फु-ल्ने गर्छ । यदि यस्तो हो भने यो मौसमी फ्लू नभइ को-रोना भाइरस हो । एक शोधमा करिब ४० प्रतिशत को-रोना संक्रमित बिरामीले सास फेर्न समस्या भएको स्वीकार गरेका छन् ।

६) लगातार खोकी लाग्नु :- यदि तपाईंलाई लगातार खोकी लागिरहेको छ भने यो को- रोना भाइरस लागेको संकेत हुनसक्छ । को- भिड–१९ मा बिरामीको गलाबाट खोकी लाग्दा लगातार एक प्रकारको आवाज निस्कन्छ । यसले मानिसहरुको आवाजमा पनि थोरै प्रभाव पार्छ । लगातार लाग्ने खोकीले घाँटीको एयरवेजलाई प्रभाव पार्ने भएकोले यस्तो हुन्छ ।

यो पनि पढ्नुस: यी खानेकुराले गर्छ कोरोनाको लडाईंमा सहयोग, यस्तो छ डाइट प्लान !

कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन्। यो घातक संक्रमणसँग जुध्नका लागि शरीरलाई शक्तिवद्र्धक बनाउन अत्यावश्यक भएको छ ।

साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ। त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ।

१) सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवात भिजाएको बदाम र किसमिसमार्फत् गर्नुपर्छ। बदाम प्रोटिन र आइरनको राम्रो स्रोत हो । त्यसैले यसलाई नियमित रुपमा आफ्नो खानामा समावेश गर्नुहोस् ।

२) कोभिड–१९ का बिरामीले ब्रेकफास्टमा ग्लूटेन फ्री डाइटबाट फाइबरयुक्त डाइटको सेवन गर्नुपर्छ । यस्ता डाइटले हाम्रो पाचन क्रियालाई निकै फाइदा पुर्याउने गर्छ ।

३) खाना खाएपछि सख्खर वा घ्यू खान सिफारिस गरिएको छ । तपाईं रोटीसँग सख्खर वा घ्यूको सेवन पनि गर्न सक्नुहुन्छ । यी दुबै चिजले हाम्रो शरीरभित्र गर्मी पैदा गर्ने काम गर्छ । साथै यसमा प्रतिरोधी क्षमता बढाउने गुणकारी तत्व पनि हुन्छ।

४) बेलुकाको समयमा साधारण खिचडीको सेवन गर्दा नै राम्रो हुन्छ । यसमा ती सबै पोषक तत्व हुन्छ, जसको आवश्यकता हाम्रो शरीरलाई हुन्छ । यसले झाडापखाला लागेको समयमा पनि बिरामीको समस्यालाई कम गर्न सक्छ ।

५) कोरोना संक्रमित हुँदा आफूलाई हाइड्रेट राख्न निकै आवश्यक छ । सादा पानी बाहेक तपाईं घरमा कागती पानी र मोही आदिको पनि नियमित सेवन गर्न सक्नुहुन्छ । शरीरमा पानीको मात्रा पर्याप्त भएको खण्डमा हाम्रो प्रतिरोधी क्षमता राम्रो हुनेछ ।

६) प्रोटिनयुक्त खानेकुराको सेवन गर्नुहोस् जसले मांसपेशीलाई तीब्र रुपमा निको पार्ने काम गर्छ । तपाईंले कुखुराको मासु, माछा, अण्डा, पनिर, सोयाबिन र बदाम खाने सल्लाह दिइन्छ । यो सबै चिज हाई प्रोटिनको राम्रो स्रोत हो ।

७) दैनिक पाँच रङको फल वा सागसब्जीको सेवन गर्नुहोस् ताकि शरीरमा पर्याप्त भिटामिन र मिनरल्सको कमी पूरा गर्न सकियोस् । विशेषज्ञका अनुसार हरेक रंगको फल–सब्जीमा भिन्न प्रकारको भिटामिन–मिनरल पाइन्छ ।

८) सेल्फ आइसोलेशनमा केही मानिसहरुलाई स्ट्रेस-एन्जाइटीको समस्या हुनसक्छ। यसका लागि उनीहरुले थोरै मात्रामा डार्क चकलेटको सेवन गर्न सक्नुहुन्छ जसमा ७० प्रतिशत कोकोओ हुन्छ।

९) आफ्नो प्रतिरोधी बढाउनका लागि तपाईंले नियमित रुपमा बेसार हालेको दुधको सेवन गर्नुपर्छ। बेसारमा पाइने एन्टिबायोटिक तत्व शरीरका लागि निकै फाइदाजनक मानिन्छ।

१०) खाना बनाउनका लागि ओखर, बदाम, तोरी वा ओलिभ ओयलको प्रयोग गर्नु राम्रो विकल्प हुनेछ।

एजेन्सीको सहयोगमा