No 1 News portal From Nepal in Nepali

खुसीको खबर : नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिकाे घाेषणा

काठमाण्डाै – चीनले नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने घाेषणा गरेकाे छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएकाे टेलिफाेन वार्तामा चीनले नेपाललाई दश लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गरेकाे हाे । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफाेन वार्ताका क्रममा नेपाललाई १० लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गर्नुभएकाे नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले जानकारी दिनुभएकाे छ ।  

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।  

यो पनि पढ्नुस : नेपाल र चीनका राष्ट्रपतिबीच दोस्रो दोहोरो टेलिफोन संवाद भएको छ । बुधबार करिब एक घन्टाको कुराकानीमा दोस्रो संवादमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विशेष आग्रह गर्नुभएको छ ।

उहाँले आग्रह गर्नुभएको छ, ‘कोरोनाबाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु ।’

चिनियाँ राष्ट्रपति सीले जवाफमा नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई जुनसुकै अवस्थामा आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

राष्ट्रपति सील जवाफमा भन्नुभएको छ, ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु । र, हामी नेपाललाई जुनसुकै अवस्थामा सहयोग गर्न सधैं तत्पर छौं ।’

टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले नेपालमा अझैँ पनि झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भइरहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले चीनबाट आवश्यक खोप खरिद गरेर लगाउन तयार रहेको पनि बताउनुभयो ।

साथै, चीनले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि राष्ट्रपति भण्डारीले चीनलाई धन्यवाद समेत दिनुभएको छ ।