No 1 News portal From Nepal in Nepali

घरमा लगाउनुहोस् यी विरुवा, जसले तान्छ चुम्बक जसरी पैसा, मिल्छ सधैँ लक्ष्मीको कृपा

काठमाडौँ । सबैको चाहना हुन्छ घर सुख, शान्ति, सुन्दर र सफा होस्। जसका लागि मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन्।यसका लागी घरमा औषधीयुक्त गुणले भरिपूर्ण विरुवा रोप्नु पर्दछ। जसले गर्दा सामान्य विरामी हुदाँ प्रयोगमा आउनुका साथै घरपरिवारमा सकारात्मक माहौल बन्न सक्छ।

जो कोहीको चाहना हुन्छ आफूनो साथमा अपार धन दौतल होओस् भन्ने। यसका लागि धेरैले कडा मेहनत पनि गरिरहेका हुन्छन्, तर मेहनत गरेजति फल प्राप्त हुँदैन्। त्यसैले मानिस वास्तु र ज्योतिष उपाय अप्नाउने गर्दछन्।

धन वृद्धिका लागि कयौँ व्यक्तिले घरमा विभिन्न विरुवा पनि रोप्ने गर्दछन्। आज हामी तपाईलाई सकारात्मक उर्जा दिनुका साथसाथ चुम्बक जसरी पैसा तान्ने क्षमतायुक्त केही विरुवाका बारेमा चर्चा गर्दैछौँ ।

जानौँ कुन कुन हुन् ती विरुवा ?

क्रासुला : क्रासुलालाई मनी ट्री पनि भन्ने गरिन्छ। फेंगशुईमा यसको विशेष महत्व हुने गर्दछ। यस विरुवाले चुम्बक जसरी पैसालाई नजिक तान्ने गर्दछ। यो सानो विरुवा गाडा हरियो रंगको हुने गर्दछ। यसको पात चौडा हुने गर्दछ।

यो विरुवा चारैतिर फैलने खाले हुन्छ।यो विरुवालाई लगाउन धेरै मेहनत गर्नु पर्दैन । यो विरुवा ल्याएर कुनै गमला वा जमिनमा लगाइदिएपछि यो आफै फैलिदै जाने गर्दछ। यो घाम वा जाडो जुन मौसमा पनि लगाउन सकिन्छ।

यो विरुवाले सकारात्मक उर्जा र धनलाई आफ्नो तर्फ केन्द्रित गर्ने शास्त्रमा उल्लेख छ। यसलाई घरको मुख्य द्वारको दाँयातर्फ लगाउनु पर्दछ। यसले घरमा धनको वर्षा ल्याउने गर्दछ।

मनि प्लान्ट : अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ।घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ। साथसाथै यसले घरमा लक्ष्मीलाई आकर्षक गर्न सहयोग गर्ने पनि शास्त्रमा उल्लेख छ।

तुलसी : धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उर्जा बनाउने गर्दछ। घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा बनाउने गर्दछ।साथसाथै तुलसीलाई भगवान विष्णुको रुप पनि मानिने गरिन्छ। धनकी देवी लक्ष्मी विष्णुकी पत्नी भएका कारण तुलसीको विरुवामा लक्ष्मीको समेत वास हुने शास्त्रमा उल्लेख छ।

मेहन्दी : सकारात्मक ऊर्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ । तसर्थ शरीर र मनको थकान भगाउन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनिन्द्राको समस्या समेत दुर हुने मान्यता छ।

घ्यूकुमारी : स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ। तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा भर्ने मान्यता छ।

बाँस : बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ।