No 1 News portal From Nepal in Nepali

खुसिकाे खबर: आज ह्वात्तै घट्याे काे-राेना संक्रमितकाे सङ्ख्या, निकाे हुनेकाे सङ्ख्या धेरै ४,४८७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १५ गते । नेपालमा पछिल्लो घण्टामा देशभर ४,४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४,००६ जनाको पीसीआर र ७४६ जनाको एन्तिजेन  परीक्षणमा ४,४८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,०८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।