No 1 News portal From Nepal in Nepali

के ल्वाङ र कपुरले को-रोना संक्रमित व्यक्तिमा अक्सिजन बढाउँछ मद्दत गर्छ त ? यस्ताे सुझाव दिए विज्ञले

काठमाडौँ । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्र-मात्मक विधिबारे सचेत रहनुहोला । फेसबूक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिबारे वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराएका छन् ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताए । उनले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताए ।

आफूलाई चिकित्सक बताउने एक व्यक्तिले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छ-र्कन मिल्ने एक उपकरण नेबुला-इजरबाट अक्सि-जन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ ।

फेसबूक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा एक व्यक्तिले हिन्दीमा हाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई नेबुला-इजरले दिन सक्ने भनेका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा। रक्षा पाण्डेले नेबुलाइजरको कुरामा कुनै पनि सत्यता नभएको दाबी गरे । उनले भने, ‘नेबुला-इजरको मास्कमा २ वटा प्वाल हुन्छन् । त्यसबाट अक्सिजन बिरामीसम्म पुग्दैन । बिरामीलाई स्वाँस्वाँ हुदा वा दमको बिरामीलाई औषधि दिन प्रयोग गरिन्छ । यसबाट अक्सि-जन दिन सकिँदैन ।’

उनका अनुसार कहिलेकाहीँ अक्सि-जन दिँदा मास्क लिक भएरनभएको हेर्नुपर्ने हुन्छ र अक्सिजन दिने पनि विधि हुन्छ ।कपुर, ल्वाङ, ज्वानो र कपुर तेल मिश्रणले को-भिडका बेला अक्सि-जन स्तर बनाइराख्न सघाउने दाबी गरिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले त्यसले को- रोना संक्रमितलाई सहयोग पुर-याउने कुनै वैज्ञानिक प्रमाण नभएको बताए ।

उनले घरमा आइसोलेसनमा बसेका संक्रमितले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि मात्रै गर्नुपर्ने बताउँदै कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुने भएकाले यसको सेवन हा-निकारक हुनुका साथै बढी प्रयोग गरे जटिल समस्या आउन सक्ने पनि बताए ।

उनका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल -सीडीसी- ले कपुर गन्ध फोक्सोमा पुग्दा हा-नि गर्नसक्ने चे-तावनी दिएको छ । आयुर्वेदका चिकित्सक डा। जोशीले नाकमा २ थोपा कागतीको रस हाल्दा अक्सिजन स्याचुरेसन स्तर बढ्ने दाबी झू-टा भएको दाबी गरे ।

को-भिडका कारण शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मेडिकल अक्सि-जन नै प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । ‘अक्सि-जनको स्तर लामो समयदेखि न्यून छ र त्यसको उपचार गरिएन भने शरीरका कोष आफैं काम गर्न बन्द गर्न थाल्छन् । यस्तो बेलामा जीवनरक्षक उपचार भनेको मेडिकल अक्सि-जन दिनु नै हो,’ डा। जोशीले भने । याे खबर गोरखापत्र दैनिकमा रहेकाे छ ।