No 1 News portal From Nepal in Nepali

पछिल्लाे २४ घण्टामा ३,७०२ जनामा कोरोना संक्रमण पुष्टि, ६,२०५ जना संक्रमणमुक्त

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार नाै सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ ।

केही दिनयता परीक्षणकाे मात्रा पनि घटाइएकाे छ । एकै दिन झन्डै २० हजारसम्मकाे नमुना परीक्षण हुने गरेकाेमा अहिले त्यसकाे आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएकाे छ । 

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएकाे छ । योसँगै निको हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नाै जनाको कोरोनाका कारण ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।