No 1 News portal From Nepal in Nepali

पछिल्लो २४ घण्टामा ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६,८९८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो घण्टामा देशभर ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७,१४७ जनाको पीसीआर र ३,०१८ को एन्टीजेन परीक्षणमा ६,०८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार ५२१ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।