No 1 News portal From Nepal in Nepali

कालो ढुसी लक्षण तथा रोकथामका उपायहरू यस्ता छन् ! एकचोटी अबस्य पढ्नुहोला

कोभिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी ( म्युकरमाइकोसिस ) को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्‍याउनुपर्छ ।

लक्षण

१-अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने । २-आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने । ३- नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने । ४-ज्वरो आउने । ५- आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
६=दाँत दुख्ने वा हल्लिने ।

रोकथामका उपायहरू

१- सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने । नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । व्यक्तिगत स्वच्छतामा ध्यान दिने । घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।

२- धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने । नुनिलो पानीले नाक सफा गर्ने । पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने । जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने । सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।

३- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने । कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय