No 1 News portal From Nepal in Nepali

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन ,जेठ २३ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

वि.सं.२०७८ साल जेठ २३ गते आईतबार । ईश्वी सन् २०२१ जुन ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–एकादशी,०७ घडी १३ पला, बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अश्विनी,५७ घडी ०१ पला,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त भरुणी । योग–सौभाग्य , ०२ घडी ०८ पला, बिहान ०६ बजेर ०१ मिनेट उप्रान्त शोभन । करण– बालव, बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी २५ पला । अपरा एकादशी व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कामगर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुँदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । तरपनि अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ ।

तपाईको दिन शुभ रहोस ।

साप्ताहिक राशिफल : जेठ २३ गते आईतबारदेखी जेठ २९ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बुधबार र बिहिबार बैदैशिक यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशि सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । शुक्रबार तथा शनिबार राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाज बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने तपाईको सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरु मेहित हुनेछन् । मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने पढाई लेखाईमा भनेजस्तो सुधार हुनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)

उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ब्यापार ब्याबसायमा लगानि बढाएर आम्दानिका स्रोत बढाउँन सकिनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोगबाट आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ भने तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्याबसायमा लगानी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ भने गैर सरकारि सस्थामा सहभागि हुनुहुन्छ भने प्रशस्त आम्दानि हँुनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउन सकिनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुनालेब्यापार ब्याबसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ । मंगलबार बेलुकाबाट नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ भने कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ । तपाईको काम देखि सबै प्रभावित हुनेछन् । माया प्रेममा सामिप्यता बडेर जानुको साथै बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ । शुक्रबार शनिबार सयम तपाईको पक्षमा नहुन सक्छ काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आँखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । साथिभाई सँगको रमाईलो भेटघाटले समय रङगीन बन्नेछ । आकस्मिक धन तथा सम्पति लाभ हुन सक्छ भने ब्यापार ब्याबसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । शुक्रबार शनिबार समय परिवर्तन हुनेछ भने समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनालेसमयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

साझेदारि ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बैवाहिक तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । मंगलबार,बुधबार समय उत्तम नरहेकोले आर्थिक ब्याबस्थापनको अभावले ब्यापार ब्याबसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । साताको अन्तिम दिन शुक्रबार धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ भने लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाटले नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई तपाईको पक्षमा नहुन सक्छ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने कामको चाप अत्याधिक बढ्ने हुनालेसमयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हुनेछ । साझेदारि ब्याबसायमा साझेदारहरु बिच आर्थिक बिषयमा मनमुटाब बढ्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बैकिङ क्षेत्र तथा शेयर बजारमा गरेको लगानि भने फस्टाएर जानेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त)

पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । शुक्रबार तथा शनिबार समय तपाईको पक्षमा नहुन हुनालेसाझेदारि ब्यापार ब्याबसायमा लगानि नगर्नुहोला साझेदारहरु बिच सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ । आफन्त तथा परिवारका सदस्यहरुबाट नै तपाईले प्रस्तुत गर्नुभएको योजनाको आलोचना हुनेछ । यात्रागर्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

कृषि तथा पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ भने चाहना तथा आवस्यक्ताहरु पुरा भएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । मंगलबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेसाना तिना कामका अल्झनु पर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा दैनिक काम गर्न गाह्रो पर्नेछ । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी ब्यापार ब्याबसायमा घाटा लाग्ने योग रहेको छ । निति नियम तथा कानुन नमान्दा प्रशासनिक फन्दामा पर्न सकिन्छ ध्यान दिनु होला । आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछन् ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । बुधबार तथा बिहिबार समय परिवर्तन भई आमा तथा आमासरहका मानिससँग छुट्टियर कहि कतै जानु पर्दा मन खिन्न हुनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । शुक्रबार तथा शनिबार समय तपाईकै अनुकुलमा हुने हुनालेपरिवार आफन्त तथा साधिभाईहरुको सहयोग हुने हुनालेसफलताका सिडिहरु चढ्न सहज हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬)

तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनाले अध्ययन बढाउन जरुरि देखिन्छ । ब्यापार ब्याबसायमा प्रशस्त समय खर्चदा पनि सोचेजस्तो नाफाँ कमाउँन मुस्किल पर्नेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छर छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । पदिय दायित्व बढ्ने तथा निर्णय क्षमतामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिद्याा तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई चुनौति दिदै आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । आमा तथा आमा सरहका मानिसबाट आर्थिक सहयोग हुनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । मंगलबार बेलुकिबाट खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका कदममा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु बन्नेछन् भने लामो दुरिको बैदैशिक यात्राको तय हुन सक्छ । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने पारिवारिक माहोलमा जमघट हुने अवसर प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस ।