No 1 News portal From Nepal in Nepali

पछिल्लो २४ घण्टामा थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

काठमाडौँ, २४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७३३ जनाको परीक्षण गर्दा ३४७९ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो। जसमा १०४७१ को पीसीआर र ३२६२ को एन्टिजेन परिक्षण गर्दा ३०२४ र ४५५  जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप ६ हजार ६३६ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ९१ हजार ९जना निको भएका छन् ।

त्यस्तैगरी,पछिल्लो २४ घण्टामा थप ९९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा ७ हजार ८९८ जनको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ८९ हजार २१७रहेको छ ।