हरियो प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिनछ । यो एउटा कन्दमुल हो । यसको सेवन गर्दा विभिन्न किसिमका रोग बाट मुक्त हुन सकिन्छ । धेरै जसो मानिहिरुलाई थाहा नहुन पनि सक्छ यसको सेवन गर्दा कति फाइदा हुन्छ भनेर हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ ।
यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्याउँछ। यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ । हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट पनि जोगाउँछ। ।
यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कमजोरी हटाउँछ र भरपूर शक्ति प्रदान गर्दछ । हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा समेत सुधार ल्याउँछ ।