No 1 News portal From Nepal in Nepali

हामी सबैको भान्सामा पाक्ने आलु, कसले खान मिल्ने ? कसले खान नमिल्ने ? यस्तो छ रोचक तथ्य !

एजेन्सी । आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ । कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के भन्छ त ? केही वर्षअघि भएको एक अध्ययन अनुसार आलु खादैमा मोटाइदैन । तर यसलाई तेल वा घ्यूमा तारेर भने खानु हुँदैन । यसको सट्टा आलु उसिनेर खाएमा फरक पर्दैन ।

भारतको हर्टिकल्चर प्रोडयुस म्यानेजमेन्ट इन्सटिच्युटले सार्वजनिक गरेको अध्ययन अनुसार आलुले मोटोपना बढाउने, मधुमेह रोगीकालागि हानिकारक हुने धारणा चिर्दै आलुमा मोटोपन बढाउने तत्व कम हुने भएकाले आहारको रूपमा आलु खान मिल्ने बताएको छ ।

अध्ययन अनुसार उमालेको वा काँचो आलुमा फ्याटको मात्रा ०.१ प्रतिशत हुन्छ, जसले शरीरको मोटोपन बढाउँदैन । आलुमा कार्बोहाइड्रेट सन्तुलित मात्रामा र फ्याटको मात्रा कम हुने भएकोले अवस्था अनुसारका मधुमेहका रोगीहरूले खान मिल्ने बताइएको छ ।

आलुमा ७५ देखि ८० प्रतिशतसम्म पानी, २.५ देखि ३ प्रतिशत प्रोटिन, ०.६ प्रतिशत फाइबर, १६ देखि २० प्रतिशतसम्म कार्बोहाइड्रेट, ०.१ प्रतिशत फ्याट र १ प्रतिशत खनिज पदार्थ पाइन्छ । आलुमा भिटामिन र ग्लाइको अल्काइड पनि थोरै मात्रामा पाइन्छ ।

एक सय ग्राम काँचो आलुमा ८० क्यालोरी ऊर्जा, सुकेको आलुमा ३ सय २१ क्यालोरी र यति नै मात्राको मकैमा ९६ क्यालोरी, चामलमा ३ सय ६४ क्यालोरी, गहुँमा ३ सय ३२ क्यालोरी ऊर्जा हुन्छ ।

हेपिएको खाना सिस्नोको शक्ति: सिस्नो भन्ने बित्तिकै गरिबको खाना अर्थात् हेपिएको खाना। कमैको भान्सामा पाक्ने खान्की। गरिब-दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिने गरिन्थ्यो। तर पछिल्ला दिनमा सिस्नो धनीले पनि औषधि सम्झेर खोजीखोजी खान थालेका छन्।

कुनै बेला अभावमा छाक टार्ने सिस्नो अहिले पाँचतारे होटलको मेनुमा समावेश भएको छ। त्यतिमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुवैलाई लोभ्याउँदै छ। गजब त के छ भने, सिस्नो हाम्रो पाखापखेरामा जताततै पाइन्छ। सस्तो अनि सुलभ पनि। त्यसमाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन। किनभने सिस्नो विशुद्ध अर्ग्यानिक उत्पादन हो। यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै।

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्छ। सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ।

यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ। काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ। अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा,झोला आदि बनाइन्छ।

सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ र त परापूर्वककालमा सिस्नोले सबैलाई तर्साउने गरिन्थ्यो। अंग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ।

मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ। यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित छ।

सिस्नोमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ। त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मूल्यवान ‘गउडा चिज’ र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ। नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्याको वृद्धि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाइँदैन।

धनीका लागि औषधी सावित हुँदा सिस्नो तारे होटलमा पनि : नेपालको पाँचतारे होटेलको मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ। यसलाई संसारकै अति स्वस्थकर खानाको सूचीमा समेत राखिएको छ। देश बाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ। पात मात्र नभएर यसको जरासमेत उपयोगी छ।

सिस्नो स्वादिष्ट त हुन्छ नै पोषणले पनि भरिपूर्ण हुन्छ। तर हाम्रो गाउँघर, बनपाखामा सजिलै पाइने सिस्नुलाई भने हामीले हेला गरिरहेका छौं। स्तरीय होटलहरुमा पनि अहिले नेपाली पहिचानको खाना भनेर सिस्नोको सुप र अन्य परिकार विदेशलाई पस्कन थालिएको छ।

कसरी खाने सिस्नो ? सामान्यतया: सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ। विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ। तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नो पकाइन्छ। यसलाई बल्याण्ड गरेर छानिन्छ। अन्त्यमा नुन, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ।

सिस्नुको चिया पनि त्यत्तिकै प्रचलित छ। यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यसलाई ग्रिन-टीकै तरिकाले सेवन गरिन्छ। र, जुसको रुपमा पनि पिउन सकिन्छ। सहजताका लागि अहिले सुपरमार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध हुन्छ। यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ। सिस्नोको फूलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ।

औषधीय गुण बोकेको सिस्नो: सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ। यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ। सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ। उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ। उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ। यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ।

प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ। सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ।  यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ। यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ।

सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ। यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ। पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ। शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ। शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ।

बहुउपयोगी सिस्नो: सिस्नो जति काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ। यसलाई तारे होटेलदेखि विदेशमा समेत बिक्री गर्न सकिन्छ। औषधिको प्रयोजनका लागि सिस्नोको अत्यधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ।

यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ। गाई-भैंसीलाई सिस्नो खुवाउँदा निरोगी हुनुको साथै दूध पनि बढी दिने गर्छ। सिस्नोको फूल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ।

यसको जरा औषधिको रुपमा प्रयोग गरिन्छ। सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ।

पानी पालकका फाइदा: पानी पालक नेपालका लागि कुनै नौलो सब्जी होइन। नेपाली नभएता पनि नेपाल भित्रिएको धेरै बर्ष भइसकेको छ।फिलिपिन्समा अत्यधिक खेती हुने गर्दछ यो साग।यो साग बिस्तारै संसार भरी छाएको छ। सागको रुपमा भुटेर या आलुमा मिसाएर तरकारी बनाएर पनि हामी पानी पालक नियमित खाइ नै रहेका हुन्छौं। नियमित रुपमा खान सकेमा पानी पालकले स्वस्थ्यका लागि कयौं फाइदा पुर्‍याइरहेको हुन्छ ।

कोलस्टेरोल बढी हुने र कलेजको समस्या हुनेलाई पानी पालक अती उपयोगी मानिन्छ।  मुटु सम्बन्धी समस्या हुनेलाई पनि पानी पालक नियमित खाँदा राम्रो हुनेछ। क्यान्सर हुनबाट जोगाउन पनि पानी पालकले केही हदसम्म मद्दत पुर्याोएको हुन्छ। आँखाका लागि पनि पानी पालक अती उत्तम हरियो सब्जी मानिन्छ।

हाड्डीको दीर्घ विकासका लागि पानी पालक राम्रो तरकारी हो। अल्सर बिरामीलाई पनि पानी पालक लाभदायक हो। मासिकश्रावको दुखाइलाई कम गर्न मद्दत गर्छ। दाँतको दुखाइ कम गर्न पनि पानी पालकले राम्रो भूमिका खेलेको हुन्छ।

मुत्रनली सम्बन्धी समस्या हुनेले पनि नियमित पानी पालक खाँदा राम्रो। नाकबाट रगत आउने समस्या हुने व्यक्तिलाई पनि फाइदाजनक छ।  छाला सम्बन्धी समस्या हुनेलाई पानी पालक उत्तम मानिन्छ। कपालका लागि पनि पानी पालक राम्रो मानिन्छ।

ग्लुटिन फ्री खाना भएकाले सबैका लागि फाइदाजनक मानिन्छ। गर्भवतीका लागि राम्रो सब्जी पानी पालक हो। पानी पालकले भोक जगाउने काममा निकै मद्दत पुर्याउछ। तनाव कम गर्न मद्त पुर्याउछ। मस्तिक सम्बन्धी समस्या निदान गर्नुका साथै सम्झना शक्तीमा उल्लेख्य फाइदा पुर्याउछ। बढ्दो उमेरका बच्चाको लागि पनि उपयोगी मानिन्छ। एजेन्सीको सहयोगमा