No 1 News portal From Nepal in Nepali

कतै कागतीका बोक्रा फ्याक्ने गर्नु भएकाे त छैन ? त्यसो भए अब देखि नफाल्नुस, पढौं यसका गुणकारी फाइदा

एजेन्सी । गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ । यसमा भएको पेक्टिन नामक तत्त्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँछ । यसका अन्य फाइदा यसप्रकार छन् :

तनाव: आजकल हरेक व्यक्ति तनावग्रस्त छ । तनावबाट छुटकारा पाउनका लागि कागतीको बोक्रा उत्तम उपाय हो । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहायता गर्छ । क्यान्सर: कागतीको बोक्रामा भएको तत्त्वले क्यान्सरजस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ ।

दाँत: कागतीको बोक्रामा दशवटा कागतीको रसभन्दा १० गुणा बढी भिटामिन र क्याल्सियम पाइन्छ । यसले दाँतसम्बन्धी समस्या हटाउँछ । मुटु: पोटेसियमले भरिएको कागतीको बोक्राले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले हृदयघात र मधुमेह जस्ता रोगबाट पनि बचाउँछ । छाला: कागतीको बोक्राले छालासम्बन्धी समस्या हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ ।

यो पनि पढ्नुस : पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर !

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्ै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ । विभिन्न रोगमा पुदिनाको प्रयोग :

अपच: दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।

पेट फुल्ने: पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

क्यान्सर: पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

काटेको घाउमा: कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

मुर्छा: सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

ज्वरो: पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।

पेट दुखाइ: पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।

दम र खोकी: पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ । एजेन्सीको सहयोगमा