पालक एक वानस्पतिक नाम हो जसका पात र काण्डहरूलाई जडिबुटीको रूपमा खाइन्छ। यसमा खनिज र भिटामिन पालकमा पर्याप्त पाइन्छ तर अक्सेलिक एसिडको कारण क्याल्सियम उपलब्ध हुँदैन । यो जाडो महिनामा प्रशस्त पाइन्छ र सबै भन्दा स्वस्थ तरकारी मानिन्छ। पालकमा फेला परेका गुणहरू प्रायः अन्य तरकारीहरूमा फेला पर्दैन।
पालकमा आइरन सबैभन्दा बढी पाइन्छ । त्यसकारण पालकले रगतको मात्रा बढाउँदछ। पालुंगो वा पालकको साग खानमा मात्र स्वादिलो हैन यो स्वास्थ्य र पोषणका लागि समेत बरदान हो । यसको नियमित सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि लाभदायक भूमिका निर्बाह गर्दछ ।
यसका अन्य स्वस्थबर्धक गुणको बारेमा भने कमैलाई मात्र थाहा होला: १ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा, २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण र ०.६ प्रतिशत फाइबर पाइने विभिन्न स्रोतहरुले देखाएको छ । यसमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत आवस्यक मात्रमा पाइन्छ । त्यसैले पालकलाई शरिरको संरक्षक तरकारी समेत भन्ने भनिन्छ ।
पालकको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलाको पत्थरी हटाउन समेत मद्दत पुग्छ । पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ । नियमित रुपमा पालकको साग खानाले स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।
जण्डिसका रोगीले पालकको साग काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ, तर काचै खादा भने राम्रो संग सफा गरेर मात्र खान पर्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ । थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालक खानाले फाइदा गर्छ ।