No 1 News portal From Nepal in Nepali

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यनवयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अध्यदेश कार्यन्वयन नगर्न सरकारको नामामा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको आठौँ बुँदामा यो प्रकारको अध्यादेश विवादित साथै नेपालको संविधानको धारा ११४ अनुकुल नभएको बताइएको छ ।

साथै यो विचरणीय भएकाले संघिय संसदबाट पारित हुन नसकेको स्थितीमा सो अध्यादेश बमोजिम विपरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानूनी जटिलता पैदा हुने उल्लेख गरिएको छ ।

यसप्रकारको विषयमा संघिय संसदबाट विद्येयक पारित भइ निर्माण भएको एनबाट नै आवश्यक व्यवस्था मिलाउन उचित हुने सर्वोच्चले उल्लेख गरेको छ ।