No 1 News portal From Nepal in Nepali

देखिन थाल्यो को’रोना भा’इरसको अर्को नयाँ लक्षण, यसो भन्छन विज्ञ ! नयाँ लक्षण ज्वरो र खोकी मात्र हुँदैन, यस्तो छ खतरनाक लक्षण

एजेन्सी । कोरोना भाइरका विषयमा अझै पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । अध्ययनकै क्रमममा नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको नयाँ लक्षण भएको देखिएको छ । युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले गरेको अध्ययन अनुसार नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने देखिएको हो ।

अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध, स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण देखिँदै आएको थियो । तर पछिल्लो समय बैज्ञानिकहरुले नङको रङमा परिवर्तन आउनुलाई पनि कोरोना भाइरसको लक्षण भनेका छन् । उनीहरुले यसलाई ‘कोरोना नेल’ नाम दिएका छन् । यद्यपी यस्तो लक्षण कति दिनसम्म रहन्छ भनेर यकिन तथ्यांक रिपोर्ट आइनसकेको उनीहरुले बताएका छन् ।

त्यस्तै संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् ।

कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ, ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ । कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यति ठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।

संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभ्याक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ । झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् ।

यस्तै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७ पुगेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार २८२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ४ लाख ३३ हजार ६७५ संक्रमित थपिएका छन् भने सोही अवधिमा ११ हजार ३८० जनाको मृत्यु भएको छ ।