No 1 News portal From Nepal in Nepali

घरमै बनाउनुहाेस् खाउँ खाउँ लाग्ने स्वादिलो आँपको अचार, यस्ताे छ बनाउने तरिका (हेर्नुहोस् विधि सहित)

अहिले आँपको सिजन छ । तराई तथा पहाडी क्षेत्रमा आँप पाइने गर्छ । यस बेला हावाहुरी चल्ने सिजन पनि हो । यस कारण हावाहुरीले आँप झर्ने गर्छ । हावाहुरीले झर्ने आँपलाई अचार बनाएर खान सकिन्छ । पाक्दै नपाकी झरेका आँपलाई अचार बनाएर सदुपयोग गर्न सकिन्छ ।

आँपको अचार बनाउन काँचो आँप ५०० ग्राम, बेसारको धूलो १ चिया चम्चा, हींग १ चिया चम्चा, रातो खुर्सानीको धूलो १ चिया चम्चा, तोरीको तेल २ चिया चम्चा र नून आफ्नो स्वाद अनुसार आवश्यक हुन्छ ।

बनाउने विधि: सर्वप्रथम काँचो आँपलाई पखाल्नुहोस् र बोक्रा निकालेर ठिक्क आकारमा काट्नुहोस् । अब यसरी काटिएको टुक्राहरुलाई नून र बेसारमा मोल्नुहोस् र एउटा सिसाको भाँडामा राख्नुहोस् । त्यसपछि सिसाको भाँडालाई तीन दिनसम्म घाममा सुकाउनुहोस् र प्रत्येक दिन सफा चम्चाले चलाउनुहोस् । तीन दिन पछि अचारमा आवश्यकता अनुसार हींग र रातो खुर्सानीको धूलो मिसाउनुहोस् । त्यसपछि एउटा भाँडोमा तोरीको तेल तताउनुहोस् र चोसो भएपछि अचारमा मिसाउनुहोस् । अब अचार तयार भयो ।