No 1 News portal From Nepal in Nepali

काँचो आँप खाने गर्नु भएको छ ? यि हुन् काँचो आँप खानुको फाइदा

अहिलेको मौसममा जताततै फाइने फलफूल हो आँप । गर्मी मौसममा पाईने फलफूल मध्येको आँप निकै स्वादिलो हुने गर्छ । धेरै जसोले पाकेको आँप निकै स्वाद लिएर खाने गर्दछन् तर काँचो आँप खानुको पनि उत्तिकै फाइदा छ । कतिपयलाई काँचो आँप पनि निकै स्वादिलो लाग्छ । काँचो आँप स्वाद र स्वास्थ्य दुवैको लागि फाईदाजनक छ । आज हामी काँचो आँपले पुर्याउने पाँच फाईदाको बारेमा जानकारी दिनेछौँ ।

१. यदि तपाईलाई एसिडिटी, ग्यास वा अपच जस्ता समस्या रहेको छ भने काँचो आँप खानाले यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले पेटमा हुने विकार हटाउन मद्धत गर्छ । २. काँचो आप नियमित सेवन गर्नाले कपाल कालो बनाउँछ साथै छालालाई दाग रहित बनाउन पनि यसले भुमिका खेल्छ ।

३. सुगरको विरामीले काँचो आँप खाने हो भने सुगरको लेवल कम गर्छ । काँचो आँपले शरीरमा आईरनको कमीलाई पूरा गर्दछ । ४. काँचो आँपमा भिटामिन सी प्रशस्त मात्रामा पाईने हुनाले रोगसँग लड्ने क्षमताको विकाश गर्दछ । ५. यदि तपाईलाई अत्यधिक पसिना आउँछ भने तपाई काँचो आँपको प्रयोगबाट यसलाई कम गर्न सक्नुहुनेछ ।