No 1 News portal From Nepal in Nepali

आफ्नो अनुहारको दाग हटाउन र गोरोपनका लागि अपनाउनुहोस् यी उपायहरु

हरेक मानिस आफ्नो सौन्दर्यको सवालमा निक्कै सचेत हुने गर्छन । अनुहार सफल बनाउँन अनेकन उपाय अपनाउँने गर्दछन् । बिशेषत् युवतीहरु आफ्नो अनुहारको हेरचाहका लागि अनेकन क्रीम प्रयोग गरी रहेका हुन्छन् तर कतिपय अवस्थामा ती क्रीम नै अनुहारका लागि हानीकारक हुन्छन् ।

तपाई आफ्नो मुहारका दागहरु हटाई गोरोपनका लागि दैनिक यस्तो उपाय अपनाउँनुहोस् । सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ । यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस। र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।