No 1 News portal From Nepal in Nepali

विभिन्न समस्या समाधान गर्नका लागि फिटकिरीको प्रयोग यति धेरै रोगको उपचारको लागि काम लाग्छ

वर्षौँ देखि हामी घरमा फिटकिरीको प्रयोग गर्दै आएका छौँ । फिटकिरीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ । आज हामी फिटकिरीले दिने फाईदाको बारेमा जानकारी दिनेछौँ । घाउ/चोट लाग्दा: यदि तपाईलाई केही घाउर चोट लागेको छ र रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले रगत बग्न रोकिन्छ ।

अनुहारको चाउरीपन हटाउनको लागि मद्दत गर्छ: यदि तपाईको अनुहारमा चाउरीपन देखिएको छ भने फिटकिरी पानीको प्रयोग गर्न सक्नुहुनेछ । फिटकिरीको टुक्रालाई डुबाएको पानीले हल्का अनुहार मसा जगर्ने र केही समय पछि सफा पानीले धुने गर्नाले चाउरीपन कम हुन्छ । पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन: यदि तपाईको शरीरमा पसिना गन्हाउने समस्या छ भने फिटकिरीको धुलोलाई नुहाउने पानीमा घोल्ने र सोही पानीले नुहाउने गर्नाले समस्या समाधान हुन् छ।

दाँतको समस्याको लागि: फिटकिरीमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । त्यसैले दाँतको दुखाईमा फिटकिरी पानीले कुल्ला गर्ने गर्नुपर्छ । दम, खोकीको समस्या समाधान: दमको रोगीको लागि फिटकिरी रामबाण सावित हुन्छ । फिटकिरीको धुलोलाई महसँग मिसाएर चाट्ने गर्ने हो भने दम तथा खोकी हुन्छ । जुम्रा मार्ने घरेलु उपाय: यदि कपालमा जुम्रा परेर आत्तिनुभएको छ भने फिककिरी पानीले कपाल नुहाउने गर्नुपर्छ । पिसाब संक्रमण समाधानको लागि: पिसाब संक्रमण भएको व्यक्तिले हरेक दिन फिटकिरी पानीले यौनांग सफाई गर्ने हो भने यो समस्याबाट छुटकारा मिल्छ ।